१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अाजबाट खुल्दै


७ मंसिर २०७५, शुक्रबार  

0
Shares

smart-license-lisence-768x475

काठमाडौं ७ , मंसिर / झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अाजबाट खुल्दैछ । चाडपर्वका कारण बन्द रहेको नयाा आवेदन, ट्रायल, रिट्रायल भोलि विहान १० बजेबाट शुचारु गर्ने यातायात व्यवस्था विभागको तयारी छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । आवदेकले भोलि १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लीक गरी अनलाइन फारम भर्न सक्नेछन् ।

वेबसाइटलाई सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सारिएकाले हाल एसएसएलमा नखुल्ने विभागका इञ्जीयनियर केशवराज गौतमले जानकारी दिए । उनका अनुसार आवेदकले एचटिटीपिएस हटाएर सिधै डब्लुडब्लुडब्लु डिओ टिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) लगइन गर्नुपर्नेछ । काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक-एक वटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ ।तर, छपाइको काम सुस्त हुादा ट्रायल पास गरेकाले पनि लाइन्स पाउन सकेका छैनन् । ट्रायल पास गरेको वर्षदिनसम्म पनि स्मार्ट लाइसेन्स नपाउनेको संख्या ६ लाख भन्दा बढी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  ७ : ५५ बजे