४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भारतीय रियालिटी सो ‘सारेगम’ मा मेनुका जिताउन अभियान


७ मंसिर २०७५, शुक्रबार  

0
Shares

20181123_130154

झापा ७ , मंसिर / भारतीय रियालिटी सो ‘सारेगम’ मा विजयी गराउन झापा हल्दिबारी–४ की न्यून दृष्टियुक्त गायिका मेनुका पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट ६१ हजार संकलन गरी प्रदान गरिएको हो । पौडेल गत वर्ष एपी वान टेलिभिजनको नेपाल आइडलको टप ११ मा पर्न सफल भएकी थिइन् । हाल गायिका पौडेल सारेगममा लाखौं प्रतियोगीलाई पछि पार्दै टप १३ मा परेकी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  ७ : १७ बजे