११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका लागि वजेटै वजेट


६ मंसिर २०७५, बिहिबार  

0
Shares

20181122_162833
दमक ६, मंसिर /  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीमार्फत निर्वाचन क्षेत्रका लागि विनियोजित रकमबाट निर्माण हुने योजनामा भौतिक पूर्वाधारका योजनाहरू परेका छन्। ओली र उनको सचिवालयले छनौट गरेका योजनामा सडक र पुल निर्माणका योजना बढी छन्। ती सबै योजनाहरूको कार्यान्वयनको जिम्मा स्थानीय तहलाई जिम्मा दिइएको छ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत संसदीय निर्वाचनका लागि छुट्टिएको रकममार्फत हुने बिभिन्न विकासका योजना सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको ओलीको सचिवालयले जनाएको छ। ओलीको छनौटमा पूर्वाधार विकासका योजनाहरू रहेका छन्। पार्टी तथा उनको सचिवालयले छनाेट गरेका योजनाहरूमा धेरै जसो सडक निर्माण र पुलका योजनाहरू समावेश भएका छन्। 
साझेदारी कार्यक्रमका लागि झापा क्षेत्र नं. ५ का लागि निर्धारण गरिएका कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयनका लागि छुट्याइएको ओलीको सचिवालयमा रहेका नेकपाका नेता होमबहादुर थापाले जानकारी दिए। जस अनुसार सवै भन्दा बढी दमक नगरपालिकाका लागि छुट्याइएको छ।

नगरपालिकाले निर्माण गर्ने विपन्न आवास निर्माण क्षेत्रका लागि एक करोड ४० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै दमक ५ मा ज्येष्ठ नागरिक भवन निर्माणका लागि १० लाख रुपैयाँ पनि साझेदारी कार्यक्रमका लागि छुट्याइएको छ। यसै गरी गौरादहबाट स्कुलचाेक जाने बाटोमा पर्ने गेउरीया खोलामा पुल निर्माणका लागि ५० लाख, कमल गाउँपालिका  ३ र ४ मा पर्ने केर्खा बजारबाट गोसखान हुँदै गौरादह जाने बाटोको ढ्यांग्री खोलामा पुल निर्माणका लागि ५० लाख, गौरीगञ्ज ५ चिलहरामा मुसहर बस्ती निर्माणका लागि २५ लाख र ग्वालडुव्वा बजारबाट बैगुनधुरा महाभारा जाने बाटोमा पर्ने सुकुना होलीमा पुल निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको ओलीको सचिवालयले जनाएको छ। यसैगरी गौरीगंज ३ को क्याम्पस पूर्व दक्षिण लेहरा खोलामा पुल निर्माणका लागि २५ लाख र कमल ७ को रंगपुर बाह्रघरे सडक खण्डको सरस्वती मावि पश्चिम चाँदु होलीमा कलभर्ट निर्माणका लागि ५० लाख रुपैयाँ गरी ८ वटा विकास निर्माणका योजना सञ्चालन गर्ने जिम्मा स्थानीय तहहरूलाई दिइएको हो।
यस्तै दमक ३ मा प्रधानमन्त्री ओलीले शिलन्यास गरेको भ्यु टावर निर्माण ठेक्का लगाउने चरणमा पुगेको छ। ओलीको सचिवालयका अनुसार यसै महिना भित्रमा भ्यु टावर निर्माणको ठेक्का लाग्ने छ। ओलीको सचिवालयका सदस्य थापाका अनुसार भ्यु टावर निर्माणको डिजाइनको काम सवै सकिएको छ। ‘२ अर्व रुपैयाँको लागतमा भ्यु टावर निर्माणको टेण्डर खुल्ने तयारी छ’ थापाले भने,‘टेण्डरको टुंगाे भए पछि यसले निर्माणको क्रम लिने छ।’ पहिलो पटक प्रधानमन्त्री भएका बेला ओलीले सो भ्यु टावरको शिलन्यास गरेका थिए। भ्यु टावरसँगै घण्टाघर, पार्क तथा ‘रिभल्विङ् रेष्टुरेन्ट’ पनि हुने जनाइएको छ।

सो भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन यस अघिनै सरकारलाई उपलब्ध गराइएको छ। प्रधानमन्त्री वालुवाटारमा पुगेर नगरपालिकाका जनप्रतिनिधिको टोलीले जग्गाको स्वामित्व हस्तान्तरण गरे पछि निर्माणको प्रक्रिया अघि बढेको हो।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  १० : ४५ बजे