१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एकीकृत नमुना दलित बस्ती निर्माण गर्न उपभाेत्ता समिति गठन


४ मंसिर २०७५, मंगलबार  

0
Shares

20181120_131337

गाैरीगंज ४, मंसिर / गाैरगंज गाउँपालिकाले विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने भएकाे छ ।
गाैरीगंज गाउँपालिका र ह्यविटेड संस्थामार्फत सहारा नेपालकाे संयुक्त लगानीमा ३५ विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने सहमति भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ४ काे बेलगाछी बालुगाउ सतार बस्तीमा ११ घर , वार्ड नं ५ काे हरिराकाे मुसहरबस्तीमा १२ घर र वार्ड नं६ काे दमाई बस्तीमा १२ घरलाई एकीकृत वस्ती याेजना अन्तर्गत गाउँपालिकाले सहारा नेपालसंग सहकार्य गरेर १ लाख ५० हजार रूपैयाँकाे लागतमा घर निर्माण गर्न लागिएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘ याे पहिलाे चरण भएकाेले ३५ घर मात्र निर्माण गर्न लागिएकाे हाे, याे याेजनालाई क्रमिकरूपमा अगाडि बढाउने छु ।’ घर निर्माणका लागि प्रत्येक परिवारलाई १ लाख ५० हजार रूपैया मध्ये ७५ हजार रूपैयाँ गाैरीगंज गाउँपालिका र ७५ हजार सहारा नेपालले संयुक्त लगानी गर्ने सहमति भएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।
जग्गा नभएका परिवारलाई जग्गा उपलब्धताका लागि गाउँ पालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताउनुभयाे । गाैरीगंज गाउँपालिकामा काेही पनि घरवारविहीन नहाेस भन्ने उधेश्यले याे याेजना अघि बढाएकाे र दाेस्राे चरण अन्तर्गत अन्य वडामा पनि याे याेजना लागू गरिने उहाँले बताउनुभयो ।
३ काेठे एकै डिजाइनका घर निर्माण हुन लागेकाे र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्री बाहेक उपभोक्ताहरू अाफै घर निर्माणमा लाग्नु पर्ने सहारा नेपाल गाैरीगंज सेवाकेन्द्रका म्यानेजर उमेश भारतीले बताउनुभयाे ।
ह्याविटेड , सहारा नेपाल र गाैरीगंज गाउँपालिकाकाे संयुक्त टाेली अाज गाैरीगंज गाउँपालिका वार्ड नं ५ हरिराकाे मुहसरबस्ती पुगि त्यहाँको वस्तुस्थिति बुझी ७ सदस्यीय उपभोक्ता निर्माण समिति गठन गरेकाे छ ।
सुस्मिता ऋषिदेवकाे अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता निर्माण समिति निर्माण भएकाे छ । समितिकाे सचिवमा शिवानन्द ऋषिदेव, सदस्यहरूमा लालमाई ऋषिदेव, नन्दा ऋषिदेव, भीम ऋषिदेव र दिलिप ऋषिदेव रहेका छन् । जम्मा मुहसरवस्तीमा जम्मा १६ घर परिवार बसाेबास गरिरहेका छन् । उनीहरू करिब २ कठ्ठा १० धुर गाउँ ब्लककाे जग्गा र बाकी नम्बरी जग्गामा बसाेबास गरिरहेकाे वार्ड नं ५ का अध्यक्ष विजयप्रसाद गन्गाईले जानकारी गराउनुभयाे ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  १० : ०७ बजे