११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गाैरीगंजका मुस्लिमहरूले मनाए पैगम्बरकाे जन्माेत्सव


५ मंसिर २०७५, बुधबार  

0
Shares

20181121_160152

गाैरीगंज ५, मंसिर / मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात पैगम्बर मोहम्मदको जन्मदिनकाे अवसरमा गाैरीगंज मुस्लिम समाजले एक कार्यक्रमकाे अायाेजना गरि अाज भव्यरूपमा मनाएका छन् ।
मुस्लिम समाज गाैरीगंजकाे अायाेजना भएकाे कार्यक्रममा सहभागी गाैरीगंजमा अवस्थित विभिन्न मदरसाका मुस्लिम विधार्थीहरूसहित र्याली निकाली गाैरीगंज बजार परिक्रमा गरेका थिए ।
समाजका अध्यक्ष नसिर मियाँका अनुसार प्रत्येक वर्षकाे पैगम्बर माेहम्मदकाे जन्म दिनकाे अवसरमा विभिन्न कार्यक्रमकाे अायाेजना गरि मनाउदै अाएकाे बताउनुभयाे । गाैरीगंज गाउँपालिकामा करिब ४ सय ५० मुस्लिम परिवार रहेकाे जनाईएकाे छ ।

जन्म दिनकाे अवसरमा प्रदेश सरकारको २०७४ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश २ मा ५ गते बुधबार अाज सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार  १० : २२ बजे