१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादह नगरपालिकाले अपाङगता भएकी बेलवत्ती ताजपुरियालाई कृतिम खुट्टा उपलब्ध गरायाे


३ मंसिर २०७५, सोमबार  

0
Shares

cd40cc110abaf7ef3258b47254d96abc.0

गाैरादह ३, मंसिर /
झापाको गौरादह नगरपालिका ७ स्थित पुरानो ग्वालडुब्बा निवासी बेलबत्ती ताजपुरीयालाई आज कृतिम खुट्टा हस्तान्तरण गरिएको छ । गौरादह नगरपालिकाले ताजपुरीयाको घरमै पुगेर एक कार्यक्रमको आयोजना गरि स्थानीयबासी, जनप्रतिनिधि, समाजसेवी र पत्रकारहरुको रोहबरमा कृतिम खुट्टा हस्तान्तरण गरिएको हो । नगरप्रमुख रोहीतकुमार शाह र उप्रप्रमुख गीता भेटवालले ताजपुरियालाई कृतिम खुट्टा हस्तान्तरण गर्नु भएको हो ।
नगर भित्र रहेका अपाङगता भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गर्न नगरपालिकाले विनियोजित गरेको बजेटबाट कृतिम खुट्टा हस्तान्तरण गरिएको नगरपालीकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनु भयो । यस आर्थिक वर्षमा नगरपालिकाले अपाङगता भएका व्यक्तिहरुका लागी २ लाख विनियोजित गरेकोमा बेलबत्ती ताजपुरीयाको खुट्टाको लागी १ लाख २१ हजारमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट खरिद गरिएको उहाँले बताउनु भयो ।
४० वर्षिय ताजपुरीयाको खुट्टा २ वर्ष अगाडी हात्तीपाइले रोगका कारण काटिएको थियो । नगर भित्र रहेका अपाङग व्यक्ति र आर्थिक अवस्था न्यून भएका व्यक्तिहरुलाई सहजताको लागी नगरपालिकाले आवश्यक सामग्री वितरण गर्ने लक्ष्य राखेको वडा नं. ९ का वडाध्यक्ष सीताराम भट्टराइले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार  २ : २९ बजे