४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल-भारत-बङ्गलादेश यातायात सञ्चालनको प्रदेश १ सरकारले त्रिदेशीय पहल गर्ने


२ मंसिर २०७५, आइतबार  

0
Shares

kusiyat

सुनसरी २, मङ्सिर / नेपाल–भारत–बङ्गलादेश यातायात सञ्चालन गर्न एक नम्बर प्रदेश सरकारले त्रिदेशीय पहल गर्ने भएको छ । एक नम्बर प्रदेशबाट बङ्गलादेशसम्म यातायात सञ्चालन गरेर प्रदेशको पर्यटन तथा आर्थिक विकास गर्ने लक्ष्य रहेको एक नम्बर प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री जयदीश कुसियतले बताए । पहिला पनि नेपाल, भारत, बङ्गलादेश र भुटानमा यातायात सञ्चालनका लागि पहल भए पनि अन्तिममा भुटान पछि हटेपछि योजना साकार नभएको बताउँदै मन्त्री कुसियतले भने ‘अब भुटानलाई छाडेर तीन देशबिच यातायात सञ्चालनका लागि पहल थालिने छ ।’ नेपालस्थित बङ्गलादेशी राजदूतावास र नेपाल–बङ्गलादेश फ्रेन्डशीप सोसाइटी इन इष्टर्न नेपालले आइतबार धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुसियतले तीन देशबिच यातायात सञ्चालन गरेर एक नम्बर प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउने बताएका हुन् ।

उनले विराटनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएर भारत, बङ्गलादेश लगायतका देशमा उडान गर्ने योजना समेत रहेको बताए । उनले अन्तर्राष्ट्रिय एयरपोर्टका लागि प्रदेशबाट निर्णय पारित भएर सङ्घीय सरकारमा पठाएकाे बताए । एक नम्बर प्रदेशको पर्यटन विकास गर्न माउन्टेन फ्लाईट चाँडै सुरु हुने बताउँदै उनले त्यसकालागि एयरलायन्सहरु तयार सहमत भइसकेको बताए । उनले जोगवनी र पशुपतिनगरमा अध्यागमन राख्ने निर्णय भइसकेको बताउँदै उनले आगामी दिनमा तेस्रो देशका पर्यटक आउँदा सहज हुने बताए ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  ३ : ५५ बजे