१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेच अादिवासी महिलाहरूकाे अधिकारका लागि सरकारलाई ध्यानाकर्षण


२ मंसिर २०७५, आइतबार  

0
Shares

20181118_210405
विर्तामोड २, मंसिर / झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आज भएको कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा कसरी बढाउने ? यसमा तपाईंको प्रतिबद्धता पहल र सहयोग के रहन्छ ? भन्ने विषयमा भएको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीहरुले कोच आदिवासी महिलाका समस्याहरु समाधान गर्न आफूहरु लागीपर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बिर्तामोड नगरपालिकाकी उपप्रमुख प्रवित्रा महतारा प्रसाईं र कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले आफूहरु पनि महिला नै भएर स्थानीय तहको नेतृत्वमा पुगेकोले आ–आफ्नो नगरपालिका क्षेत्रमा रहेका कोच आदिवासी महिलाहरुलाई हकअधिकार दिलाउन, उनीहरुलाई विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउन आफूहरु लागीपर्ने बताउनु भयो ।
छलफलमा सहभागी कोचिला महिला फ्रण्टका कोच आदिवासी महिलाहरुले आफ्ना समस्या र हकअधिकारका बारेमा आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा कोचिला गाभुर फ्रण्टकी कोषाध्यक्ष सविनासिंह राजवंशी, सदस्य पार्वती राजवंशी, मेचीनगर कोषाध्यक्ष किरण राजवंशी, कोचिला महिला फ्रण्टकी सल्लाहकार सुकमति राजवंशी, उपाध्यक्ष नौतली राजवंशी, सहसचिव बेनुका राजवंशी, बिर्तामोड नगर अध्यक्ष शर्मिला राजवंशी, कोषाध्यक्ष रेणुका राजवंशी, सदस्य कमला राजवंशी लगायतले आ–आफ्नो क्षेत्रमा भएका कोच आदिवासी महिलाका विभिन्न समस्याहरुबारे अवगत गराउनु भएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  ३ : १९ बजे