१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिस राजवंशी २०१८ काे ताज सुष्मालाई


२ मंसिर २०७५, आइतबार  

0
Shares

20181118_151914
गाैरीगंज २, मंसिर / मिस राजवंशी २०१८ काे उपाधि विर्तामाेड – ४ कि सुष्मा राजवंशीले जितेकी छन् । ‘देश विकासमा युवा पिढीहरूकाे कस्ताे भुमिका हुनुपर्छ ? भन्ने प्रश्नमा सुष्माले अाफ्नै देशमा सीप सिकेर अाफ्नै देशमा परिश्रम गर्न सके देश विकासमा याेगदान पुग्ने ‘जवाफ दिएपछि उनले मिस राजवंशीकाे उपाधि हात पारेकी हुन् ।
विर्तामोडकाे व्यांकट हलमा शनिवार अायाेजित प्रतियोगितामा २४ जना प्रतियाेगिलाई पछि पार्दै उनले उपाधिसंगै नगद २५ हजार रूपैयाँ जितेकी हुन् । उनी बिर्तामाेडस्थित गाेविन्द्र कलेजमा बिबिए तेस्रो सेमिस्टरमा अध्ययनरत छिन् ।

भिप्रा एडभरटाईजिङ्ग एण्ड मिडिया प्रालि र साेराकाे संयुक्त अायाेजनामा भएकाे प्रतियाेगितामा
फर्स्ट रनर अफको उपाधि रेणुका राजवँशीले जितेकी छन् भने सेकेन्ड रनर अपको उपाधि मनिषा राजवँशीले जितेकी छन् । फस्ट रनर अफकाे उपाधि विजेता रेणुकाले नगद १५ हजार र सेकेन्ड रनर अफकाे उपाधि विजेता मनिषाले १० हजार रूपैया हात पारेकी छन् । त्यसैगरि मिस्टर राजवँशीको उपाधि विर्तामोड – ८ का गौतम राजवँशीले जितेका छन् ।
उपाधिसंगै उनले २५ हजार नगद हात पारेका छन् ।
प्रतियाेगिताकाे काेरियाेग्राफी मिस नेपाल २०१८ कि फाईनालिष्ट तथा मिस नेपाल प्लानेट २०१८ का सहभागी एलिसा अधिकारीले गरेकी थिईन । उनीसंगै सह काेरियाेग्राफिमा विन्दु चाैलागाई र सेलिना राजवंशी रहेकाेे भिप्राका अध्यक्ष विमल राजवंशीले जानकारी दिए ।
प्रतियोगितामा मुख्य निर्णायकमा प्रख्यात काेरियाेग्राफर नवीन लुईटेलसहित ११ जना निर्णायक मण्डलीमा थिए । निर्णायक सदस्यमा डा गाैतम राजवंशी, डा लिली राजवंशी, अरूण राजवंशी, पुकार चन्द्र राजवंशी, पवन राजवंशी, पुष्पाञ्जली सिन्हा, साईमन राजवंशी, देवी गाैतम, हरि धिमाल र दिपक न्याैपाने थिए ।
साेराले पहिलाे पटक अायाेजना गरेकाे मिस राजवंशी २०११ काे उपाधि राधिका राजवंशीले जितेकी थिईन भने मिस राजवंशी २०१२ काे उपाधि रेविका राजवंशीले जितेकी थिईन ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  २ : ५५ बजे