१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रंगेली नगरपालिका खुल्ला दिसामुक्त घोषणा, कार्यान्वयनमा समस्या हुने


३० कार्तिक २०७५, शुक्रबार  

0
Shares

20181116_141646
रंगेली ३०, कात्तिक /
मोरङको रंगेली नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई खुल्ला दिसा पिसाब मुक्त नगरपलिका घोषणा गरेको हो । खुल्ला दिसापिसाबमुक्त नगरका लागि आवश्यक सूचक पूरा गर्दैे नगरपालिकालाई खुल्ला दिसा पिसाब मुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको हो ।
मोेरङ क्षेत्र नं.५ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिवकुमार मण्डलले खुल्ला दिसा पिसाब मुक्त नगरपालिका घोषणा गरे । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा मगरले खुल्ला दिसापिसाब मुक्त नगरपालिकाको लागि आवश्यक पर्ने सूचक पूरा गर्दै नगरलाई खुल्ला दिसापिसाब मुक्त नगरपालिका घोषणा गरीएको जानकारी गराएका थिए । सो अवसरमा मण्डलले खुल्ला दिसापिसाबमुक्त नगरको व्यानरमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा मेयर, उपमेयर, वडाअध्यक्ष सहित जनप्रतिनिधी तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले सामूहिक प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार  ८ : ३४ बजे