७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

सामाजिक संजालबाट ठगी गर्ने ३ जना भारतीय सहित ७ जना पक्राउ


२९ कार्तिक २०७५, बिहिबार  

0
Shares

baramad

विराटनगर २९, कात्तिक /
बिभिन्न सामाजिक संजाल, भाईवर, वाट्स एप समेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तपाईहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ उक्त चिठ्ठा वापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चात उक्त रकम प्राप्त गर्नु हुनेछ भनी रकम संकलन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
देशका बिभिन्न स्थानहरूबाट बिभिन्न ब्यक्तिहरूको नाममा रकम जम्मा गर्न लगाई बिभिन्न ब्यक्तिहरूलाई प्रयोग गरी देशका रकम निकाली ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठको भनाई छ । यसरी पक्राउ पर्नेमा भारत विहार अररिया जिल्ला फारबेसगन्ज बस्ने बर्ष २५ को मनोज कुमार ठाकुर, बर्ष २३ को चन्दन कुमार भगत, बर्ष २८ को पंकज कुमार साह रहेका छन् । त्यस्तै नेपालका पनि यसरी ठगीमा संलग्न हुनेमा मोरङ कटहरी गाउँपालिका ४ बस्ने बर्ष २० को खगेन्द्र प्रसाद रौनियार, बर्ष २२ को प्रेम कुमार साह, बर्ष २५ को रमेश कुमार साह, जहदा गाउपालिका ७ बस्ने बर्ष २० को टुनटुन साह रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ ३५ हजार, भारू ३० हजार, मोवाईलहरू, न्युज क्राईम २४ डटकम बाट ईस्यू गरिएको प्रेस रिपोर्टर लेखिएको परिचय पत्र समेत बरामद गरेको छ । उनीहरुले देशका बिभिन्न ब्यक्तिहरूबाट १६ लाख ५७ हजार रूपैया ठगी गरेको खुल्न आएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान शुरु गरिएको डिएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहिबार  १ : ०७ बजे