५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

लोकआस्थाको महानपर्व छठ सम्पन्न


२८ कार्तिक २०७५, बुधबार  

0
Shares

20181114_061003

गाैरीगंज २८, कात्तिक / छठ पर्वअन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ ।

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । बिहान सूर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ । छठ पर्वमा गाैरीगंज, गाैरादह, दमक, मेची, विर्तामोडका विभिन्न नदी र पाेखरीहरू बेहुली झै सिंगारिएका थिए भने भत्तजनहरू भिड लागेकाे थियाे ।

प्रकाशित मिति : २८ कार्तिक २०७५, बुधबार  २ : २० बजे