१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकमा कारको ठक्करबाट भाईटीका लगाएर फर्किँदै गरेकी महिलाकाे मृत्यु


२७ कार्तिक २०७५, मंगलबार  

0
Shares

dead

दमक २७ , कात्तिक / झापाको पूर्व पश्चिम राजमार्गम स्थित दमक नगरपालिका-४ चिया दोकान चोकमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पश्चिम बाट पूर्व तर्फ जादै गरेको बा१७ च ८१७२ नंबरको कारले जिल्ला खोटाङ साकेला गाउँपालिका-४ बस्ने वर्ष ५५ की सिता माया खड्कालाई ठक्कर दिएको थियो । तिहार मनाउन भाई मान बहादुर
देउजाको घरमा आएकी उनलाई आज आफ्नो घर फर्कनको लागि बाटोमा गाडी पर्खि रहेको अवस्थामा कारले ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते भएकी उनकाे बिएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलबार  २ : ३९ बजे