४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

चिनले तयार गर्यो समाचार पढ्ने रोबर्ट , चौबीसै घण्टा काम गर्न सक्ने


२४ कार्तिक २०७५, शनिबार  

0
Shares

Screenshot_2018-11-10-08-16-37-821_com.hamropatro

एजेन्सी २४, कार्तिक /
प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमुना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसैघण्टा समाचार सम्प्रेशण गर्न सक्ने रोबटलाई डेब्यु गराएको हो । बुधबार पूर्वी राज्य वुजेनमा भएको इन्टरनेट कनफ्रेन्स मार्फत सिन्ह्वाले आर्टिफिसियल इन्टिलिजेन्ससहितको समाचार वाचक सार्वजनिक गरेको हो ।

अंग्रेजी भाषाको समाचार बुलेटिनको सुरुवात गर्दै रोबोटिक आवाजमा कम्प्युटर जेनेरेटेड होस्टले भने, ‘हेल्लो, तपाईँहरु हेर्दै हुनुहुन्छ अंग्रेजी समाचारमुलक कार्यक्रम । बेइजिङ्गबाट म हुँ समाचार वाचक एआई ।’

सिन्ह्वा र चिनियाँ सर्च इन्जिन कम्पनी सोगोयुले बनाएको समाचार वाचकले मानिसको आवाज, अनुहारको हावभाव र शारीरिक भाव प्रस्तुत गर्न सक्छ । समाचार वाचक एआईले व्यवसायिक समाचार वाचकले जस्तै भिडियो ब्रोडकास्ट गर्न तथा समाचार पढ्न जान्ने समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।
समाचार उत्पादनमा लाग्ने खर्च कम गर्न तथा दक्षता बढाउनका लागि रोबोट समाचार वाचकलाई आफ्नो वेब साइट र सामाजिक सञ्जालमा प्रयोग गरिने सिन्ह्वाले उल्लेख गरेको छ ।

अंग्रेजी बोल्ने समाचार वाचकले सुट र टाइ लगाएको छ र उ सिन्ह्वाका समाचार वाचक हाङ्ग योएजस्तै देखिन्छ । यस्तै चिनियाँ भाषाको समाचार वाचक पनि सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार  २ : ४८ बजे