३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ग्रामीण पत्रकार मञ्चकाे तयारी पूरा


२० कार्तिक २०७५, मंगलबार  

0
Shares

FB_IMG_1541508378284
युबराज रेग्मी
गौरादह २० , कार्तिक / ग्रामिण पत्रकार मञ्च गाैरादह गाैरीगंजले आयोजना गरेको यहि कार्तिक २१ गते बुधबार गरिने नगर तथा गाउँपालिका स्तरिय बुद्धिचाल(चेस) प्रतियोगिता को सम्पुर्ण तयारी पूरा गरेको छ ।
मञ्चका अध्यक्ष बेनु अधिकारीकाे अध्यक्षतामा आज गौरादह कृषि क्याम्पसमा बसेको कार्यसमिती बैठकले कार्यक्रमको सम्पुर्ण तयारि सम्पन्न भएको जानकारी दिईएको छ । २०७५ को सुभ दिपावली तथा छठ पर्बको अबसर पारेर आयोजना गरेको सुभकामना आदनप्रदान तथा चेस प्रतियोगितामा गौरादह नगर र गौरिगन्ज पालिकाका प्रत्तेक वडाबाट एक एक जना गरि जम्मा १५ प्रतिस्पर्धीहरु बीच चेस प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दाेस्राे हुनेलाई ३ हजार र तेस्राे हुनेलाई २ हजार साथमा प्रमाणपत्र र मेडलले पुरस्कृत गरिने छ । उक्त खेलको मुख्य सहजिकरण( रेफ्री ) चेस खेलका राष्ट्रिय खेलाडी श्री भुपेन्द्र निरौलाले गर्नु हुनेछ । साथै कार्यसमितिको आजको बसेकाे बैठकले मञ्चको कानुनी सल्लाहकारमा गौरादहका सामाजिक बौद्धिक ब्यक्तित्व श्री देबेन्द्र कुमार खड्कालाई अाज बसेकाे बैठकले सर्बसम्मतले मनोनित गरेको छ । गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहको प्रमुख आथितित्यमा सम्पन्न हुने कार्यक्रममा गौरादह र गौरिगन्जका स्थानिय निकायका प्रमुख र उपप्रमुख साथै सम्पुर्ण वडा प्रमुखहरु र नगर तथा वडाबासिहरुको उपस्थिति रहनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलबार  २ : २३ बजे