७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

तल्लाे रामचन्द्रे सिंचाइकाे भाेली आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीद्वारा शिलान्यास हुँदै


१७ कार्तिक २०७५, शनिबार  

0
Shares

20181103_095132

गाैरीगंज ८ पुस / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं ५ र ६ मा निर्माण हुन लागेकाे तल्लाे रामचन्द्रे सिचांईकाे भाेली साेमबार शिलान्यास हुने भएकाे छ ।
प्रदेश नं१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उत्त सिचाईकाे शिलान्यास गर्ने जनाएकाे छ ।
तल्लाे रामचन्द्रे सिंचाइ उपभाेत्ता समितिकाे पहलमा निर्माण हुन लागेकाे नहरबाट करिब ७ सय देखि १ हजार हेक्टर जमिन सिंचित हुने जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाले जनाएकाे छ ।
नहर निर्माणका लागि साविक उर्जा तथा जलस्रोत मन्त्रालय हालकाे प्रदेश नं १ भाैतिक पुर्वाधार विकास मन्त्रालयले भ्याटसहित ८ कराेड ७९ लाख रूपैयाँमा नयाँ बाटाे शिवाकाे सताक्षी जेभीलाई ठेक्का दिएकाे जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख कृष्णप्रसाद राजवंशीले जानकारी दिए ।
नहर निर्माणकाे सर्भे कार्य पूरा भई शिलान्यास भई अब निर्माण कार्य शुरू हुने जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका प्रमुख राजवंशीले बताए ।

गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ५ र ६ का कृषकहरूले प्रत्यक्ष लाभान्वित हुने नहरमा १७ सय मिटर लम्बाई मुुुुख्य क्यानल रहने र २ हजार देखि २२ सय मिटर सम्म शाखा क्यानल निर्माण हुने जनाईएकाे छ । मझाैला सिंचाई अायाेजना कार्यक्रम अन्तर्गत निर्माण हुन लागेकाे नहरकाे निर्माण कार्य २ वर्ष ६ महिना भित्र सक्नु पर्ने सम्झाैता छ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन झापाका ईन्जिनियर सान बहादुर भट्टराईले नहर निर्माण कार्यमा उपभोक्ता समिति सक्रिय भएर लागे ताेकिएकाे समयमा नै नहर निर्माण कार्य सम्पन्न हुने दावी गरे । नहरकाे मुख्य क्यानल निर्माण हुने स्थानमा केही कृषकहरूले अवराेधका कुराहरू गरेपनि यसलाई यथासिघ्र सुल्झाउन ईन्जिनियर भट्टराईले अाग्रह गरे ।
उपभोक्ता समितिका अध्यक्ष मानबहादुर राजवंशीले नहर निर्माण कार्यमा १,२ स्थानमा अवराेध अाए पनि कृषकसंग छलफल गरेर अघि बढ्ने बताए । मुख्य नहरकाे क्यानल साविक कै पैनीबाटै नहर निर्माण गरिने हुदा कुनै पनि कृषककाे व्यत्तिगत जग्गा क्षति हुने अध्यक्ष राजवंशीले दाबी गरेे ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले यस भेगमा नहर निर्माण हुनु भनेकाे यस भेगका कृषकका लागि बरदान सावित भएकाे बताए । नहर निर्माणले यस भेगका कृषककाे खेतकाे उब्जाउ बढाई बढी अाम्दानी दिने अध्यक्ष श्रेष्ठले बताए । नहर निर्माण कार्यलाई कहि कसैबाट अवराेध नगरी सबैले मिलेर सहयाेग गर्नुपर्ने अध्यक्ष श्रेष्ठले अाग्रह गरे । नहर निर्माण कार्य अघि बढाउन उपभोक्ता समितिलाई सम्झाैताका लागि बजेट विनियोजन गरि गाउँपालिकाले सहयाेग गरेकाे उहाँले स्मरण गराए ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार  ८ : ०० बजे