१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिक्षकहरूले गाैरीगंज र गाैरादहमा पनि दियाे धर्ना


१६ कार्तिक २०७५, शुक्रबार  

0
Shares

20181102_214716

युबराज रेग्मी गाैरादह १६, कार्तिक / नेपाल शिक्षक महासंघ केन्द्रिय संघर्ष समितीकाे निर्देशनमा आज देशभरका सम्पुर्ण स्थानिय निकायमा सामुदायिक बिध्यालयका शिक्षकहरुले धर्ना तथा बिरोध गरेका छन् । धर्ना कार्यक्रम अन्तर्गत २६ बुधे माग पत्र सहित स्थानिय निकायका प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ । यसै अनुरुप झापा जिल्लाको गौरादह नगरपालिका र गौरिगन्ज गाउँ पालिकामा पनि ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न भएको छ । गुणस्तरिय शिक्षाका लागि विश्व शैक्षिक मन्च र दल हरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २०% र कुल गार्हस्थ उत्पादनको ४ प्रतिसत रकम बिनियोजन गरिनु पर्ने , सम्बिधानको धारा ३१ मा रहेको माध्यमिक तह सम्मको शिक्षा निसुल्क गर्नु पर्ने ,हरेक जिल्लामा शिक्षाको एकाइ राखिनु पर्ने ,शिक्षकको नियुक्ती सरुवा पदस्थापन ,मासिक तलब भुक्तानी साथै कक्षा ११ र १२को परिक्षा सन्चालन आदि अधिकार जिल्ला तहको एकाइमा रहनु पर्ने ,नमुना बिध्यालय छनौटमा हचुवा प्रकृयाको खारेजी , बिध्यालय कर्मचारीको तहगत दरबन्दी सृजना ,बाल शिक्षामा कार्यरत शिक्षक लाई दरबन्दी सृजना ,राहत शिक्षकलाई स्थाइ गरिनु पर्ने ,साबिक उच्च माबिमा कार्यरत शिक्षकलाई स्थाइत्वको प्रकृयामा अगाडि बढाउनु पर्ने लगायतका माग हरु माग पत्रमा समाबेश गरिएका छन । गौरादहमा नगर प्रमुख / उप प्रमुखलाई र गौरिगन्जमा पालिका अध्यक्ष र उपाध्यक्षलाई माग पत्र हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार  ४ : ०३ बजे