७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

याैन शाेषण गरेकाे अाराेपमा गाैरीगंजमा एक व्यत्ति पक्राउ


१६ कार्तिक २०७५, शुक्रबार  

0
Shares

rape

गाैरीगंज १६, कार्तिक / गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछी बस्नेे चैतु ताजपुरियालाई प्रहरीलेे अाज पक्राउ गरेकाे छ । गाैरादह नगरपालिका वार्ड नं ८ बस्ने अन्दाजी १८ बर्षिया राजवंशी थरकी एक युवतीलाई याैन शाेषण गरेकाे किटानी उजुरी अाएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।
पिडित युवतीकी बुबा प्रहरीलाई उजुरी गरेपछि अाज दिनकाे ३ बजे तिर जुराेपानीबाट अन्दाजी ५० वर्षिय ताजपुरियालाई पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालयका गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेलले जानकारी दिनुभयाे । पिडित युवतीकाे ५ महिनाकाे गर्वसमेत रहेकाे जनाईएकाे छ ।
नातामा सानाे बुवा पर्ने ताजपुरियाकाे घरमा पिडित युवती ३ वर्षदेखि अाईजाई गर्ने गरेकाे र घर अाउदा २,३ महिनासम्म बस्ने गरेकाे छिमेकीहरू बताउँछन् । छाेरीकाे ५ महिनाकाे गर्व रहेकाे थाहा भएपछि उनकी बुबाले प्रहरीलाई उजुरी दिएका थिए । प्रहरीलाई उजुरी दिएकाे खबर पाएपछि घटनालाई ढाकछाेप गर्न ताजपुरिया दम्पति पिडित युवतिकाे घर पुगेकाे बुझिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार  २ : १० बजे