७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गाैरीगंजमा अाज विहान एक व्यत्तिकाे हत्या


१६ कार्तिक २०७५, शुक्रबार  

0
Shares

20181102_093724

गाैरीगंज १६, कार्तिक / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं २ काेराेवारीका एक व्यतिकाे अाज विहान हत्या भएकाे छ ।
गा‌रीगंज गाउँपालिका वार्ड नं २ काेराेबारी बस्ने वर्ष ५५ काे अलकचन राजवंशीकाे हत्या भएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेलले जानकारी दिए ।
राजवंशी ५ दिन अघि साेमबारदेखि वेपत्ता भएका थिए ।
उनलाई नेपाल भारत सीमा छेउ कन्काई खाेला नजिक काशघारीमा करिब ५०० सय मिटर भित्र भारततर्फ जमिन मुनि गाडिएकाे अवस्था फेला परेकाे हाे ।
भारतकाेे किसनगंज जिल्ला खरखरिया बस्ने दिना नामका व्यत्तिले केहीदिन अघि टुनामुना झारफुक जाेखानाका लागि उनलाई बाेलाएर लगिएकाे उनका छाेरा उदयलाल राजवंशीले जानकारी दिए ।
साेमबार देखि उनी वेपत्ता भएपछि निजका छाेरा उदयलालले साेधखाेजका लागि छरछिमेक, साथीभाई, अाफन्तहरूलाई अाग्रह गरेका थिए । मृतक राजवंशी गाउँ घरमा झारफुक गर्ने, जाेखाना हेर्ने कार्य गर्दै अाएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार  ४ : ४२ बजे