४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगञ्जमा बृहत साहित्यिक जमघट हुदै


१३ कार्तिक २०७५, मंगलबार  

0
Shares

20181030_170138

गौरीगंज १३, कार्तिक / लामो समयदेखि सुशुप्त रहेको त्रिभुवन आदर्श पुस्तकालय र गौरीगञ्जको साहित्यीक गतिबिधिलाई जगाउने उद्देश्यले यहि कार्तिक १८ गते गौरीगञ्जमा बृहत साहित्य गोष्ठी हुने भएको छ । गोष्ठीमा राष्ट्रिय प्राज्ञ गोबिन्दराज भट्टराइ तुलसी भट्टराइ र कमल भट्टराइ लगायतको सहभागिता रहने कुरा बताइएको छ ।
वडा नँ ६ स्थित त्रिभुवन आदर्श पुस्तकालयको प्राँगनमा हुने सो बृहत साहित्य गोष्ठी कार्यत्र्रम सम्पन्न गर्न केदारनाथ रिमालको सँयोजकत्व र अर्जुन दँगालको सह सँयोजकत्वमा मुल समिती गठन गरिएको छ भने बिभिन्न उप समितीहरु समेत गठन गरिएको छ ।
पुस्तकालयको इतिहास खोजेर कार्यपत्र तयार गर्न गोबिन्द घिमिरेको सँयोजकत्वमा ३ सदस्यीय उपसमिती बनाइएको छ जसको सदस्यमा आत्माराम राजवँशी र मदन राजवँशी रहेका छन् ।
त्यसै गरि सर्वतलाल राजवँशीको सँयोजकत्वमा ३ सदस्यीय रचना छनौट समिती बनाइएको छ जसमा मुना दाहाल र बिरेन यादव सदस्य रहेका छन् ।
कार्यक्रम ब्यबस्थापन समितीमा अर्जुन लृटेल को सँयोजकत्व रहने गरि रामकृष्ण पन्त श्रवण राजवँशी बरुण सिजापती नबराज रेग्मी अशोक स्वर्णकार र कृष्ण महतो लाइ सदस्य बनाइएको छ भने अतिथी सत्कार समितीमा सँयोजक राधा अधिकारी रहने गरि भावना बोहरा र नैना भुजेल लाइ सदस्यको जिम्मेबारी दिइएको छ ।
त्यसै गरि आर्थीक ब्यबस्थापन समितीमा गहेन्द्र बिक्रम साहको सँयोजकत्वमा कर्मा शेर्पा सुबोध सिँह नगेन्द्र ढकाल र मोहन बिष्ट लाइ सदस्य तोकिएको छ भने प्रचार प्रसार समितीमा मदन राजवँशीको सँयोजकत्वमा आत्माराम राजवँशी र सहदेब खड्कालाइ सदस्यको जिम्मेबारी दिइएको छ ।
झापाकै सबै भन्दा पुरानो र नेपाल कै पुराना पुस्तकालय मध्येका एक त्रिभुवन आदर्श पुस्तकालय लामो समय देखि सुशुप्त रुपमा रहेकाले यसलाइ पुनर जीवन प्रदान गर्न यो कार्यक्रम गर्न लागिएको कुरा मुल समिती सँयोजक केदारनाथ रिमालले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार  १ : ३८ बजे