१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घनश्याम गाैतम( नक्कली प्रचण्ड) गौरादहमा


१० कार्तिक २०७५, शनिबार  

0
Shares

युबराज रेग्मी गाैरादह १०, कार्तिक /

झापा जिल्लाकाे सुन्दर नगर गाैरादहकाे जाेरघरे गाउँमा बि स २०३८ साल असाेज १५ गते माताा नरबदा गाैतम र पिता गँगा प्रसाद गाैतमकाेकाे चार भाइ छाेरा मध्येका कान्छा छाेराकाे रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गाैतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लाेकप्रिय छन!

११ बर्ष सम्मकाे बालापन जाेरघरे गाउँ र गाैरादह वरपरकाे परिबेशमा बिताएका गाैतमले प्रारम्भिक शिक्षा मैदानघाेपाकाे कञ्चनजँघा प्राथमिक बिद्यालय बाट शुरु गरेका थिए । ५ कक्षा सम्म त्यहि अध्ययन गरेपछि गाैरादहकाे जनता माध्यमिक बिद्यालयमा ६ र ७ कक्षा पढेपक्षि बि स २०५१ सालमा अाफ्नाे कलाकारिता यात्राकाे सपना पूरा गर्न कठमाण्डाै छिरेपछि उनकाे कलाकारिताकाे सँघर्ष शुरु भएकाे थियाे!! बालबालिकाका प्रिय दाजु बासुदेब मुनालले रेडियाे नेपालकाे बालकार्यक्रममा नाटक गर्ने अवसर दिएपछि रेडियाे नाटक हुँदै हातेमालाे बाल कार्यक्रम सञ्चालन गरेर कलाकारिता सुरु गरेपछि सर्वनाम पुगेका गाैतम सर्वनाम मा बालकलाकार बनेर थुप्रै नाटकमा अभिनय गरे !
सन् १९९९ मा नयाँ दिल्ली भारतमा सम्पन्न भएकाे तेस्राे अन्तराष्ट्रिय बाल नाटक महाेत्सबमा नेपालकाे तर्फबाट गाेल्ड मेडल बिजेता कलाकार गाैतम बि स २०५९ मा नाटक “जिउँदा अवशेसहरु” मा उत्कृष्ट चरित्र अभिनेता बाट राष्ट्रिय पुरस्कार पनि पाएका छन्

सर्वनाम नाट्य सँस्थामा २०५५ सालदेखी सडक नाटक र मन्च नाटकहरु गर्दै अाएका गाैतमले ५ हजार भन्दा वढि रेडियाे नाटकमा अभिनय गरिसकेका छन भने सयाैँ सडक नाटक र मन्च नाटक गरेका छन!! अाफ्ना गुरु अशेष मल्ललाई अादर्श मान्ने गाैतम अाफ्नाे अामा र ठुलाे मामालाई प्रेरणाकाे श्राेत मान्दछन्!

हातेमालाे बालक्लब बाट थुप्रै तालिमहरु र प्रतियाेगिताहरुमा भाग लिएका रङ्गकर्मी गाैतम ले एक दर्जन भन्दा बढि मान सम्मान र पुरस्कार पाई सकेका छन्! हातेमालाे सञ्चारकी सँस्थापक तथा बाल अधिकारकर्मी नुपुर भट्टचार्य बरिष्ठ नाट्यकर्मी अशेष मल्ल र बालबालिका हरुका अाइकन तथा गायक बासुदेब मुनाललाई अाफ्नाे मार्ग दर्शक र गुरु मान्ने गाैतम! अाफ्नाे सफलताकाे श्रेय अामा र श्रीमतीलाइ दिन चाहान्छन!!
अहिले हातेमालाे सञ्चारकाे सचिब तथा नाट्य बिभागका सँयाेजक समेत रहेका गाैतम हातेमालाे लाई अाफ्नाे कर्मथलाेकाे रुपमा लिन्छन!
बरिष्ठ रङ्गकर्मी बीरेन्द्र हमालकाे एम अार्ट थिएटरमा ३ बर्ष अभिनय काेेर्ष सिकेकाे गाैतम गितकार तथा संचारकर्मी पनि हुन्!!!

नाटक भित्रै अाफ्नाे सन्तुष्टि भेट्ने गाैतम स्नातक तह सम्म अध्ययन सके पछि पढाइलाइ निरन्तरता दिन सकेनन् र निरन्तर नाटकमा लागिरहे! विभिन्न सँघ सँस्था तथा स्कुल कलेजहरुमा नाटक र अभिनय पढाउँदै अाएका गाैतम कलाकार सँग सँगै स्क्रिप्ट राइटर र निर्देशक पनि हुन्!! बि स २०६७ साल बाट सानाे पर्दामा प्रचण्ड बनेर टेलिभिजन मार्फत उदाएका गाैतम टेलिचलचित्र “झ्याँईकुटी झ्याँई”, सिस्नुपानी, मेरी बास्सै, सुनाैलाै बिहानी,खास खुस, ट्वाक्क टुक्क रिट्नर्स, कमेडि गाईज, टेन टु फाइभ र गाेलमाल मा समेत अभिनय गरेका छन्! मेरी बास्सैमा प्रचण्ड बनेपछि चर्चाकाे शिखरमा पुगेका गाैतम अहिले nk Tv बाट प्रसारण हुने ट्वाकेन्द्र निवासमा ट्वाकेन्द्र काका बनेर कमेडि टक शाे कार्यक्रम चलाइ रहेका छन!

सम्मान तथा पुरस्कार

१. गाेल्ड मेडल ” तेस्राे अन्तराष्ट्रिय बाल नाटक महाेत्सब १९९९ नयाँ दिल्ली,भारत

२. उत्कृष्ट चरित्र अभिनेता २०५९ ” नाटक जिउँदा अवशेषहरु (सरुभक्त)

३. उत्कृष्ट स्क्रिप्ट राईटर २०६४ भ्वाइस अफ युथ एफ एम ९६.८

४. दाेस्राे पुरस्कार ( लेखन/ निर्देशन) नाटक अधिकार
उपत्यका व्यापी स्कुल स्तरिय नाटक प्रतियाेगिता १९९९

५. द्वितीय स्थान “नाटक: खाेसिन्छन अधिकारहरु” प्रथम बाल नाटक महाेत्सब २०५७ हातेमालाे बाल समूह

६. “युवा रङ्गकर्मी सम्मान २०७१” एक्सन डेभलपमेन्ट सेन्टर राजबिराज, सप्तरी

७. “अालु पार्टी हाँस्यब्यङ्ग सम्मान २०७४”
अालु पार्टी हाँस्यव्यङ्ग समाराेह, राम कुमार पाँडे

अावद्धता/ सँलग्नता
१. अध्यक्ष : अभियान थियटर ( भक्तपुर)
२. सचिव तथा नाटक निर्देशक : हातेमालाे सञ्चार
३. उपाध्यक्ष : गन्तव्य नेपाल
४. महा सचिब : गाेठाटार साहित्यिक मन्च
५. सल्लाहकार : शुभारम्भ नेपाल
६. सँस्थापक : मितेरी मन्च नेपाल
७. सदस्य : नाट्य सँस्था महासँघ

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार  ८ : ०३ बजे