१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुआब्जा वितरण ढिलाइले विराटनगरमा रेल अाउने कुरा अलमलमा, रेलमार्गको काम रोकियो


९ कार्तिक २०७५, शुक्रबार  

0
Shares

Train-lik
विराटनगर ९, कात्तिक / विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोनका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र बनाइएको छ । भारततर्फ भने पाँच किमि रेलमार्ग र दुईवटा स्टेसन बनिसकेका छन् । नेपालतर्फ पर्ने १० किमि क्षेत्रको अझै जग्गा अधिग्रहण हुन सकेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार  ५ : ५९ बजे