३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरादहमा प्रथम ऐतिहासिक सांस्कृतिक मेला


८ कार्तिक २०७५, बिहिबार  

0
Shares

20181024_155812

गौरादह ८, कात्तिक / झापाको गौरादह नगरपालिकामा नगरभित्र रहेका परम्परा संस्कृति झल्कने “प्रथम ऐतिहासिक सांस्कृतिक दशैं मेला २०७५’ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलुक संघिय संरचनामा प्रबेश गरिसकेकाले सबै जात जाति भाषा, सस्कृति र परम्पराको संरक्षण र सम्बर्धन गर्न संघ, प्रदेश तथा स्थानीय सरकार लागि परेको बताए । नेपालका विभिन्न जातजाति, भाषा, समुदायको मौकिक कला संस्कृति देशको महत्वपूर्ण सम्पदा भएको बताए ।

गौरादह वजार व्यवस्थापन समितिले दशैंको अवसरपारेर आयोजना गरेको साँस्कृतिक दशैँ मेलामा सिमान्तकृत, आदिवासी तथा जनजातिहरुको मौलिक संस्कृति झल्काउने संघसंस्था, नगर भित्र रहेका क्लब र विद्यालयहरुका झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएका थिए ।

दशैंको अवसरमा विगतका बर्षहरुमा स्वतस्फूर्त नाचिने संथाल नृत्यहरुलाई व्यवस्थित गर्दै यो बर्षबाट सबै समूदायको मौलिक कला संस्कृतिको प्रदर्शन, बिकास र संबद्र्धन गर्ने उदेश्यले दशै मेला आयोजना गरिएकाे आयोजकले बताए । बजार व्यवस्थापन समितिले सबै जाति समुदायको साँस्कृतिक पर्व मनाउने उद्देश्यले साँस्कृतिक मेला आयोजना गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर थापाले बताए ।

गौरादह नगरपालिकामा विभिन्न जातजातिहरुको बसोबास रहेकाले जातजातिहरुको भाषा सँस्कृति रहनसहन भेषभुसाको उत्थान र उजागर गर्ने उद्देश्यले साँस्कृतिक मेला आयोजना गरिएको वडा नं. १ का वडा अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराए । गौरादह नगरपलिकामा रहेका सबै जातजातिलाई एकै ठाउँमा सहभागि गराई उनीहरुको साँस्कृतिक पहिचानलाई लोप हुनबाट जोगाउन परम्परागत मेलालाई समेत व्यवस्थापन गर्दै नयाँ ढङ्गले दशैँको अवसरमा साँस्कृतिक मेला आयोजना गरिएको नगरपालिका प्रबत्ता समेत रहेका अध्यक्ष भण्डारी बताउँछन् ।

मेलाका मुख्य आकर्षण संथाल नृत्य
गौरादह बजारमा आयोजना गरिएको साँस्कृतिक मेलामा झापा र मोरङका १७ वटा जातीय नृत्य टोलिहरु सहभागि भएका थिए । साँस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको नृत्यमा दलित सशक्तिकरण नगर समन्वय समिति गौरादहले नौमती बाजा सहित नृत्य प्रदर्शन गरेको थियो । नेपाल तामाङ घेदुङ संघले तामाङ सेलो, दुर्गा मन्दिर गौरादह वडा नं. १ र २ ले संगिनी नृत्य सहित राष्ट्रिय गीतमा नृत्य, युनाइटेड युथ क्लब र इभरग्रीन बोर्डिङ स्कुल गौरादहले राष्ट्रिय गीतमा नृत्य, किरातराई यायोख्खाले साकेला शिली, थारु कल्याणकारी समाज कल्याण परिषदले थारु नृत्य, नेवार समुदायले नेवार तथा लाखे नृत्य, मगर समुदायले हुर्रा नाच, ताजपुरिया समाजकल्याण परिशदले खोल्सना नाच, आदिबासी खाडिंया मगर समुदायले झाँगर नाच, सन्थाल सांस्कृतिक टोली मोरङ, शुरुहाई सन्थाल नाच कमल गाउँपालिकाले सन्थाल नृत्य, नव जागृती बाल समुह किष्नेघाटले नृत्य, जुरोपानी बाट दुर्गा चरित्र नाटक प्रदर्शन गरिएको थियो ।

सहभागी टोलीहरुमा सन्थाल नृत्य प्रथमलाई १५ हजार र दोश्रोलाई १० हजार, पञ्चेबाजालाई ७ हजार र अन्य सहभागी टोलीहरुलाई २५ सयका दरले पुरस्कार वितरण गरिएको थियो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष खड्गराज थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा साविक झापा क्षेत्र नं. ६ का सभासद दिपक कार्की, गौरादह नगरपालिका मेयर रोहित कुमार साह, उपमेयर गिता भेट्वाल, वडा नं. १ का वडा अध्यक्ष, वडा नं. ९ का वडाअध्यक्ष सिताराम भट्टराई, नेपाली कांग्रेस नगर सभापती यादवराज सेडाई, नेपाल कम्युनिस्ट पार्टीका नेता मित्रदेव काफ्ले, राप्रपाका नगर अध्यक्ष शान्तिराम पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । हरिबहादुर बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव सन्जिव कार्कीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहिबार  १२ : ५५ बजे