४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म, नेतृत्व- नेपाल र श्रेष्ठकाे


७ कार्तिक २०७५, बुधबार  

0
Shares

20181024_141728

काठमाडाैँ ७ , कात्तिक / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को आलोचना गर्दै आएका थिए । उनीहरुले सोमबारको सचिवालय बैठकमा सचिवालयको अघिल्लो निर्णय सदर गर्न गरिएको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर पार्टी्मिभ नयाँ गुटको जन्म दिएका हुन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याउन प्रतिवद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएजस्तो देखिए पनि नेपाल र श्रेष्ठले असहमति जनाएका छन् ।, राजधानीमा खबर छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार  ८ : ३३ बजे