४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मेचीनगरमा फर्निचर उद्याेगमा आगलागी, १० लाखको क्षति


६ कार्तिक २०७५, मंगलबार  

0
Shares

aagolagi

मेचीनगर ६ , कात्तिक / झापाको मेचीनगर नगरपालिका-९ मुक्ति टोलमा पाथिभरा फर्निचर उद्योगमा मंगलबार राती आगलागी भएको छ । राती करिब साढे १ बजे बिजुलीको तार सर्ट भइ आगलागी हुँदा १ थान जेनेरेटर, फर्निचरको औजार, पेन्टिङ गर्ने कलर, प्लाईउड, तयारी अवस्थाको दराज, पलङ, सिलिङ काठ, फर्निचर भएको घर जलेर नष्ट हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको हाे । घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगो राती नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७५, मंगलबार  १ : १५ बजे