५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दुर्गामन्दिर गौरादहमा नवरात्र पुराण सम्पन्न हुँदै


१ कार्तिक २०७५, बिहिबार  

0
Shares

5eba10ec72c9cc9bc5591a0fc05e59e6.0
युबराज रेग्मि
गाैरादह १, कार्तिक / गौरादह नगरपालिका वडा न १ गौरादह बजारमा अवस्थित दुर्गा मन्दिरमा प्रत्तेक शनिबार साझ भक्तिमय भजन किर्तन हुनेगर्दछ । बजारको मध्य भागमा रहेको उक्त स्थान भक्तजनका भजन किर्तनका शब्द संगीतले संगीतमय हुने गरेको मन्दिरका अध्यक्ष खगेन्द्र कार्कि बताउनु हुन्छ । बि.स. २०१९ सालमा स्थापना भएको यस मन्दिरमामा हुने भजन किर्तन कार्यक्रममा बृद्द देखि युबा तन्देरी पुस्ता सम्म आउनेगरेको पाइन्छ। रात्रीकालिन समयमा हुने भजन किर्तनले बिच बजारमा रहेको मन्दिरको वरिपरिको बातावरणलाई संगीतमय बनाउन सहयोग पुर्याएको छ । आर्थिक अभावका कारण मन्दिरलाई सोचेजति सुबिधा सम्पन्न बनाउन नसकेतापनी केही इच्छुक भक्तजनले यथासक्य आर्थिक सहयोग गर्दै आएको मन्दिरभित्रको चन्दा लिस्टले छर्लङ्ग पारेको देखिन्छ । उक्त मन्दिरमा लाई आवस्यक बिकास गर्नका लागि आवश्यक आर्थिक सहयोगको अपेक्षाले हरेक बर्षको नवरात्रभर दुर्गापुराण लगाउदै आएको बजार ब्यबस्थापन समिती अध्यक्ष खड्ग थापाले बताए । यस बर्स पनि दुर्गा मन्दिरका पुजारी राम प्रसाद सुबेदीको मुखार बिन्द बाट कथा बाचन तथा पाठ पारायण गरि नबरात्र पुराण लगाइएको छ । साथै पुराण अबधीभर रातृकालिन समयमा भजन किर्तन हुने गरेको पाइन्छ । साथै पुराण समयमा इच्छुक चन्दा दाताले आर्थिक सहयोग गर्नेहुनाले मन्दिरको स्तर उन्नतिगर्न थोर बहुत सहयोग पुग्दै आएको भएतापनी उचित मात्रामा सहयोग जुटाउन नसकिएकोले मन्दिरलाई सोचेजति भरिपुर्ण गराउन नसकिएको मन्दिए समिती सदस्य टंक बोहोराले बताए। नबरात्रको आज अस्टमिको रातृकालिन कार्यक्रममा उपस्थित भएका कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मन्दिरको स्तर उन्नती र बिकासका लागि आवस्यक सहयोग गरिनुका साथै गौरादह बजार लाई पनि ब्यबस्थित बजारमा रुपान्तरण गर्ने कार्य समेत साथ साथै अघि बढाइने जानकारी समेत दिएका छन। यसपालिको नबरात्रमा आयोजित दुर्गा पुराणमा लगभग ८५ हजार रकम सन्कलन भएको र सम्पुर्ण हिसाबको बिस्तृत जानकारी आज बेलुका सार्बजनिक गरिने मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष खगेन्द्र कार्किले जानकारि गराए ।

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार  ११ : १० बजे