७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गाैरीगंजमा बिजुलीको तारबाट अचानक करेण्ट लागेर एक जनाको मृत्यु


३१ आश्विन २०७५, बुधबार  

0
Shares

electric
गाैरीगंज ३१, असाेज /

झापाको गौरीगंज गाउँपालिका- ६ स्थित देवीगंजमा मंगलबार करेण्ट लागेर १ जनाको मृत्यु भएको छ ।

दिउँसो करिब १ बजेको समयमा सोही स्थान बस्ने बर्ष ८ को सागर यादवको घर देखी उत्तरपट्टी रहेको दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक करेण्ट लागेर मृत्यु भएको थियो ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरीको टोली खटि गइ कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार  २ : २९ बजे