१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ग्रामीण पत्रकार मन्चको अध्यक्षमा अधिकारी सर्बसम्मत


३० आश्विन २०७५, मंगलबार  

0
Shares

f6a51ba21c50009029546b426507f585.0

ग्वाल्डुब्बा ३०, असाेज / गौरादह नगरपालिका र गौरिगन्ज गाउपालिका छेत्रमा बसोबास गरि पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको छाता सस्था ” ग्रामिण पत्रकार मंच ” आज गठन गरिएको छ । यस क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको साझा सस्था स्थापना गर्न आवश्यक महसुस गरि साथै विभिन्न संघ सस्थाका सदस्य र बौद्धिक ब्यक्तित्वहरुको सुझाब सल्लाहलाई मध्यनजर गरि सस्था स्थापना गरिएको छ । नब गठित ७ सदस्यीय मंचको अध्यक्षमा बेनु अधिकारी ( सम्पादक /कसार साप्ताहिक ) उपाध्यक्षमा झगेन्द्र खड्का ( पुर्ब सन्देस दैनिक , सप्तरङी एफ.एम. ) सचिब आत्माराम राजबन्शी (सम्पादक कोचिला न्युज ) , सह सचिब युबराज रेग्मी ( हाम्राकुरा अन्लाइन ,कोचिला न्युज ) कोषाध्यक्षमा सान्ती सुब्बा ( एफ. एम. प्लस ) रहेका छन ।
त्यसैगरी सदस्यहरुमा सान नेपाल ( इजलास दैनिक , पाथिभरा एफ एम.) र मदन राजबन्शी( गौरिगन्ज दर्पण) रहेका छन । उक्त मन्चको सल्लाहकार समितीको संयाेजकमा गौरादह नगर प्रमुख रोहित कुमार साह साथै सल्लाहकार समिति सदस्यहरुमा गौरिगन्ज गाउपालिका प्रमुख बाबुराजा श्रेष्ठ , गौरादह नगर उपप्रमुख गिता भेट्वाल , गौरिगन्ज गाउपालिका उपाध्यक्ष दीपेन्द्र थापा साथै पत्रकारहरु डन्डीराज घिमिरे र दिपक सुवेदी रहेका छन । ग्वाल्डुब्बा बजारमा गठन गरिएको उक्त सस्थाले आगामी दिनहरुमा पत्रकारिता पेसामा आबद्ध सन्चारकर्मिहरुको हक अधिकार ,कर्तब्य र दाइत्वलाई आत्मसाथ गर्दै गौरादह र गौरिगन्ज क्षेत्रमा रहेका संघ सस्थाहरुसंग सहकार्य गरि अघिबड्ने सस्थाको लक्ष्य रहेको छ । नेपालीहरूकाे महान चाड बिजया दशमीको सातौ दिन फुलपातिको अबसर पारेर गठित सस्थाका सदस्यहरुबिच दसैको सुभकामना समेत आदन प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलबार  २ : २५ बजे