१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विर्तामोडमा मासु पसल फोहोर र झिंगा भन्किएको भेटियो , नगरपालिकाले कारवाही गर्ने


३० आश्विन २०७५, मंगलबार  

0
Shares

Jhapa_Map-
विर्तामोड ३०, असोज / झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांस मासु पसल लथालिङ्ग अवस्थामा चलेको भेटिएको छ ।जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिले गरेको अनुगमनका क्रममा मासु पसलको अवस्था नाजुग भएको फेला परेको हो ।

उपभोक्ताको भिड लाग्ने र व्यस्त बजारमा गरिएको अनुगमनका क्रममा मूल्य सूची नभएको, फोहोर र झिंगा भन्किएको अवस्थामा माछा, मासु बिक्री भइरहेको भेटिएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए ।

टोलीले बजार क्षेत्रमा बढी उपभोत्ता आवत जावत हुने स्थानमा रहेका होटलको पनि अनुगमन गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलबार  ८ : २५ बजे