५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विराटनगरमा शुरु भयो- मादक पदार्थ सेवन गर्ने चालकको परिक्षा, फेल भए कार्वाही


२४ आश्विन २०७५, बुधबार  

0
Shares

मापसे-परिक्षा-२
विराटनगर २४, असोज / सवारी दुर्घटना तथ्याङ्कलाई विष्लेषण गर्दा मोरङ जिल्लामा दुर्घटनामा संलग्न अधिकांश सवारी साधनहरु मादक पदार्थ सेवन गरी चलाएको पाईएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्य अनुसार मोरङ प्रहरीले मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित परिक्षा लिन शुरु गरेको छ ।
प्रहरीले मंगलवार जिल्लाका बिभिन्न स्थानहरुमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मोटरसाईकल ७४, ट्रक २, ट्याक्टर ४, टेम्पो ५ र सिटिसफारी ३ गरी जम्मा ८८ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । यसरी पक्राउ परेका चालकलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिई परिक्षाको लागि जिल्ला प्रहरी कार्यालतय मोरङमा पठाएकोमा ३० जना सवारी चालकहरु लिखित परिक्षामा सहभागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्राफिक नियमसंग सम्बन्धित बिभिन्न ८० वटा प्रश्नहरु सोधिएकोमा १५ जना उत्तीर्ण भएका छन् भने अनुतिर्ण भएका अन्य चालकहरुलाई पुनः परिक्षामा सामेल गराई उत्तीर्ण भए पश्चात ट्राफिक नियम सम्बन्धी जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्वाहीको लागि पठाईएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  २ : ३८ बजे