१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिस कोच मेघालयको उपाधि हालोलिनलाई


२२ आश्विन २०७५, सोमबार  

0
Shares

43305480_481377169034409_8571339775905103872_n

मिस कोच इन्टरनेशनलको मेघालय अडिसनबाट १० प्रतियोगी छनौट

बिर्तामोड २२, असोज / मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयमा भएको अडिसनमा १० जना प्रतियोगी छनौट भएका छन् ।
झापा मिडिया हाउसको आयोजनामा हुन गइरहेको मिस कोच इन्टरनेशनल प्रतियोगिताका लागि मेघालयको तुरास्थित होटल रिकमानमा भएको अडिसनमा सहभागी १७ जना प्रतियोगीमध्ये १० जना प्रतियोगी छनौट भएका हुन् । छनौट हुनेहरुमा अनामिना सिम्चाङ, रुबिता कोच, पिंकी कोच, मोनिसा कोच, हारोलिन कोच सदाप, चन्दना कोच, बुलबुली कोच, कृति कोच, पार्वती कोच, सागोरिका कोच रहेका छन् । उनीहरुलाई प्रोफेसर सुजता गुरुदेव, शिक्षक कौशल्या कोच, मेघालय कोच एसोसिएसनका पूर्व महासचिव बरुण कोच र मेघालय दुरदर्शन टेलिभिजनका स्टेशन डाइरेक्टर कमलेश्वर कोच रहेको निर्णायक टोलीले छनौट गरेको थियो ।
निपेन्द्र कोचको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेघालय कोअर्डिनेटर उषा कोचले स्वागत गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि निपेन्द्र कोचले कोच समुदायको संस्कृतिको संरक्षणमा यो कार्यक्रम कोशेढुंगा हुने बताए । उनले नेपाल, भारत, बंगलादेश लगायतका स्थानमा रहेका कोच समुदायहरुको भाषा, संस्कृतिको संरक्षण गर्न सबै जुट्नुपर्ने बताए । मेघालय कोच समुदायको उद्गम स्थल रहेको बताउँदै उनले कोच समुदायको भाषा संस्कृति संरक्षण गर्न मेघालय कोच एसोसिएसन लागीपरेको बताए ।
मिस कोच इन्टरनेशनल मेघालय अडिसन सफल बनाउन एडभाइजर सुप्रभा सिम्चाङ, कोअर्डिनेटर उषा कोच, मिडिया कोअर्डिनेटर कन्र्दप कोच लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा झापा मिडिया हाउसका म्यानेजिङ डाइरेक्टर अभय राजवंशी, सिइओ योगेश राजवंशी, कोच राजवंशी सांस्कृतिक संग्रहालय तथा पर्यटन प्रबद्र्धन केन्द्र कनकाई–९ का केन्द्रीय उपाध्यक्ष धर्मलाल राजवंशी, आदिवासी जनजाति महासंघकी केन्द्रीय सचिव सुकमति राजवंशी, कोचिला महिला फ्रन्टकी केन्द्रीय सदस्य पार्वती राजवंशी, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला, मिस कोच इन्टरनेशनलकी मेकअप कोअर्डिनेटर नविना राजवंशी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा मेघालयको कोच संस्कृति झल्कने पहिरन र गरगहनामा सजिएर प्रतियोगीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा आयोजक झापा मिडिया हाउसले मिस कोच इन्टरनेशल मेघालय अडिसन सफल बनाउने व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेको थियो भने मेघालय अडिसनका पदाधिकारीहरुले आयोजक झापा मिडिया हाउसका पदाधिकारीहरुसहित अतिथिहरुलाई त्यहाँको कोच संस्कृति झल्कने मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा झापा मिडिया हाउसका म्यानेजिङ डाइरेक्टर अभय राजवंशीले नेपाल, भारत र बंगलादेशका कोच समुदायका युवतीहरूको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले मिस कोच इन्टरनेशनल प्रतियोगिताको आयोजना गरिएको बताउँदै यसले कोच संस्कृति संरक्षण गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले मेघालय कोच समुदायको ऐतिहासिक भूमि भएको र मेघालयबाट कोच समुदायले धेरैकुरा सिक्नुपर्ने बताए । उनले मेघालयबाट मिस कोच इन्टरनेशनलको अडिसन शुरु भएको बताउँदै बंगलादेश, आसामको कोक्राझार, गुहाटी, शिलगढी, विहारसहित नेपालको बिर्तामोड, विराटनगर, इटहरी, काठमाडौंमा अडिसन गरेर प्रतियोगीहरूको छनौट गरिने बताए ।
विभिन्न अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने र उनीहरुबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गराइने झापा मिडिया हाउसका सीइओ योगेश राजवंशीले बताए । कार्यक्रममा कोच संस्कृति झल्कने गीत, नृत्य प्रस्तुत गरिएको थियो भने नेपालको तर्फबाट मिस कोच इन्टरनेशलकी मेकअप कोअर्डिनेटर नविना राजवंशीले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । कोनिका कोचले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सीमा कोचले गरेकी थिइन् ।

त्यसैगरी मिस कोच मेघालयको उपाधि हालोलिन कोच सदापले हात पारेकी छिन् । झापा मिडिया हाउसको आयोजनामा मेघालयको तुरास्थित होटल रिक्मानमा भएको मिस कोच इन्टरनेशनलको मेघालय अडिसन अन्तर्गत भएको प्रतियोगितामा उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।
त्यस्तै प्रतियोगिताको फस्ट रनर अप कृति कोच भइन् भने सेकेण्ड रनर अप सगोरिका कोच घोषित भइन् । विजेता प्रतियोगीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  २ : २४ बजे