१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्रीकाे निर्वाचन क्षेत्र र अर्थमन्त्रीको घर जाने सडकनै विजोग


२२ आश्विन २०७५, सोमबार  

0
Shares

20181008_120358
गाैरीगंज२२, असाेज / संघीय संरचनामा देश रुपान्तरित भएसँगै निर्माण कार्य भैरहेका सडकहरु अन्योलमा परेका छन । राष्ट्रिय योजना आयोगको रातो किताबमा चालू आबका लागि योजनामा समावेश नभइ बजेटमा नपर्दा यस्ता निर्माण योजनाहरु अन्योलपूर्ण बन्न गएका हुन् ।

यस्तै योजना अनुरुपको ग्रामीण सडकखन्ड अन्तर्गत पर्ने डिपुचौक– कोराबारी सडकखण्ड ऐले एक्दमै नाजुक अवस्थामा पुगिसकेको छ । २०७४ साल बैशाख २५ गते योजना सम्झौता गरी २०७५ साल फागुन २४ गते योजना सम्पन्न गर्ने गरि नागार्जुन बिश्नु जेभीलाई ५ करोड ८४ लाख ४ हजार ९ सय ३२ रुपैयाँ ४८ पैसा लागत अनुमान गरी ५ करोड ७२ लाख ४२ हजार ८ सय ८७रुपैया २८ पैसा मा ठेक्का लगाइ कार्य सुचारु गरिएको थियो ।

योजना सम्झौतामा उक्त सडकखन्डमा १४ वटा कल्भर्ट र ३८० मिटर नाला बनाउने रहे पनि सडकमा सबबेस हाल्ने र एउटा कल्भर्ट निर्माण भएको र लापरबाही तबरले नाला बनाउने काम भने सम्पन्न भएको देखिन्छ।

उक्त सडकमा दैनिक रुपमा सयौ संख्यामा सबारी साधनहरु आवत जावत गर्ने र सडकको अवस्था बिग्रदै जाँदा धुलाम्मे भइ आवात जावतमा समेत कठिनाइ आइपर्न थालेको छ ।

उक्त सडक संघीय संरचना हुनु भन्दा पहिलानै ठेक्का लागि निर्माण कार्य थालनी गरि यहि असारमा सबवेश गरिएको र बर्खायाम सुचारु भएसंगै निर्माण कार्य स्थगन गरिएको थियो ।

यस बिषयमा सोधपुछ गर्दा सडक विभाग कार्यालय दमकका इन्जिनियर विपिन ढुंगानाको जानकारी अनुसार झापा जिल्ला भरीका निर्माणाधीन यस्ता १३ वटा सडकहरु बजेट अभाबका कारण यस आबमा पिच हुन नसक्ने अवस्था सृजना भएको छ ।

केन्द्र सरकारको रातोकिताबमा समाबेश नभएका कारणले गर्दा नै यस्ता सडकहरु निर्माण सुचारु हुनमा अन्योलता सृजना भएको छ । अब संघीय सरकारले पहल नगरेसम्म यस्ता बाटाहरु बन्न नसक्ने उनी बताउँछन् ।

यसरी निर्माण कार्य अन्योल भएका कारण त्यस छेत्रका जनताले लामो समय सम्म सास्ती भोग्नु परेकोले गर्दा प्रदेश सरकारले यथासिघ्र पहलकदमि चाल्न आवश्यक रहेको स्थानियहरुको गुनासो छ ।

प्रधानमन्त्रीकै निर्बाचन क्षेत्र साथै अर्थमन्त्री खतिवडाको आफ्नै घर जाने बाटो पनि निर्माण कार्य अन्योलमा पर्नु लज्जास्पद र दुःखदायीपूर्ण रहेको जनप्रतिनिधिहरु बताउँछन् । त्यसैगरी सोही सडक खण्डमा पर्ने कृषि खोलाको पुलको अवस्था पनि त्यस्तै छ ।

पटक पटक ठेक्का लाग्ने र निर्माण कार्य अबरुद्द हुँदै हाल रौताहा कम्पनीले गतसाल ठेक्का लिएको उक्त पुल यहि चैत्र मसान्त सम्ममा सम्पन्न गरिसक्नु पर्नेमा हालसम्म दुई वटा पिलर राख्ने काम बाहेक बाकी काम गरिएको छैन ।

अन्योलता र निर्माण कार्यमा बेवास्ताका कारण स्थानियहरु सास्ती भोग्न बाध्य छन् । गएको निर्वाचन ताका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका दमकको हाइवे सेतुमारी सडक कालोपत्रेका लागि बजेट नुहदाँ निर्माण कार्य अलपत्र बनेको छ ।

दमक– १० स्थित संगम चोकदेखि सेतुमारीको मावा खोला पुलसम्मको साढे ६ किलोमिटर लामो सडकको कालोपत्रे गर्ने काम बजेट अभाव हुदाँ अलपत्र परेको हो ।

त्यस्तै डिभिजन सडक कार्यालय दमक झापा अन्तरगतको दमक –सेतुमारी सडकखण्ड कालोपत्रेका लागि रौताह, आर। के। जेभीले २०७३ साल पुष १ गते ६ करोड ४७ लाख ८६ हजार ९ सय ४७ रुपैयाँ ४६ पैसा अनुमानित बजेटबाट ठेक्का मार्फत ३ करोड ७७ लाख ८८ हजार ८ सय १ रुपैयाँ ७७ पैसामा नेपाल सरकारको बजेटबाट २०७५ साल मंसिर २९ गते कालोपेत्रको काम सम्पन्न गर्ने गरि ठेक्का मार्फत काम शुरु गरिएको थियो ।

निर्माण कम्पनीले गतवर्ष सो सडकमा चार वटा कल्भट र कालोपत्रे गरिने सबैभागमा १ करोड ९४ लाख ९२ हजार २ सय १३ रुपैया ११ पैसा खर्च गरि सव बेसको काम गरिसकेको डिभिजन सडक दमकका इन्जिनियर दिपेन्द्र चौधरीले जानकारी दिए ।

निर्माण पक्षले गत वर्षनै सबवेसको काम गरिसकेको भएपनि सो आयोजना शिर्षकको बजेट नहुँदा बाँकी काम अगाडि बढाउन समस्या भएको इन्जिनियर चौधरीले जानकारी दिए ।

उनका अनुसार प्राविधिक हिसाबले गत वर्ष गरिएको सव बेशमाथि कालोपत्रे गर्न नसकिने भएकाले पुन सवबेशको काम गर्नुपर्ने भएको छ । जसका कारण अब यो सडकलाई पूर्णता दिन पुरानो बजेटले नपुग्ने भएकाले लागत समेत बढ्ने चौधरीको अनुमान छ ।

डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादवका अनुसार अहिले झापामा करिब ७ करोड बराबरका १३ सडकहरु बजेट अभाब हुदाँ कालोपत्र गर्ने काम अघि बढ्न सकेको छैन् । जसमा दमकमा मात्र चार वटा सडक अलपत्र बनेका छन । दमकमा ति सडकको शिर्षक बजेट नहुदाँ हिमावि( मधुमल्ला, कृष्ण मन्दिर– बेलडाँगी, हाइवे– सेतुमारी र दमक– चक्रपथ सडक रहेको डिभिजन सडक दमक प्रमुख यादबले बताए ।

यसैगरि पश्चिम झापाको लखनपुर– मंगलबारे मुजुरभिटा हुदै शिवगञ्ज, गौरादह बैगुनधुरा –कोरोवारी सडक, गौरादह मिलन चौक –फत्तेपुर सडक तथा धरमपुरको राना मिल– कुन्जिवारी, धरमपुर बस्नेत चोक जोड्ने सडक रहेका छन् । झापाकै पूर्वी क्षेत्रको जलथल अधिकारी चोक– घेरावारी सडक , पाठामारी– बालुमारी सडक, पथरीया –सुकुना डिपदेबी घेरावारी सडक र केचना चक्रपथ रहेका छन् ।

डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेशकुमार यादबका अनुुसार यी सडकको काम कहिलेबाट अघि बढ्छ भन्ने पनि अन्यौलमै रहेको छ । निर्माण कार्यमा देखिएको बजेट अभाबको समस्या झापामा मात्र नभएर मुलुक भरकै भएकाले कहिले यी सडकको शिर्षक बजेट आँउछ भन्ने यकिन भइनसकेको प्रमुख यादबको भनाई छ ।

झापामा योजनामा परेका सवै सडक निर्माणका लागि सम्बन्धित मन्त्रालय अन्तरगतगतको विभागमा माग गरिएकोभए पनि अहिलेसम्म ती काममा वजेटका बारे कुनै जानकारी प्राप्त नभएको प्रमुख यादबले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार  ६ : २३ बजे