१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाको गौरादह नगरपालिका खुल्ला दिसामुक्त नगर घोषणा


२१ आश्विन २०७५, आइतबार  

0
Shares

20181007_191330
गाैरादह २१ , असाेज /
झापाको गौरादह नगरपालिका आज खुल्ला दिसामुक्त नगरपालीका घोषणा भएको छ । जिल्ला समन्वय समिति झापाका उपाध्यक्ष मिना पराजुलीले नगरपालिकालाई खुल्ला दिसा मुक्त भएको घोषणा गर्नु भयो । कार्यक्रममा गौरादह नगर प्रमुख रोहित कुमार शाहले नगरलाई खुल्ला दिशामुक्त घोषणा भएपछिका प्रतिवद्धता वाचन गर्दै नगरबासीको साथ र सहयोगमा नगरलाई खुल्ला दिसा मुक्त गर्न सफल
भयीएको धारणा राख्नु भयो । आगामी दिनमा पुर्ण सरसफाई युक्त नगर निर्माणमा आफुहरु लागी पर्ने उहाँले बताउनु भयो ।
अभियानका क्रममा १२ हजार २ सय ४८ परिवारमा शौचालयका पहुँच पुगेको बताउँदै नगरपालीकाका प्रसासकीय अधिक्रित सागर मिश्रले अहिले नगरपालिका क्षेत्रमा खुल्ला ठाउँमा हुने फोहरबाट आउने दुर्गन्धमा कमी आएको र सरसफाईको चेतना नागरिकहरुमा बढेको बताउनु
भयो ।
गौरादह नगर उप प्रमुख गिता भेट्वालले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा नेकपा जिल्ला नेता मदन अधिकारी, कांग्रेस क्षेत्रीय सचिव सुर्यभक्त सिटौला लगायतले नगरपालिकाको अभियानमा आफुहरुको पुर्ण समर्थन रहेको बताउनु भयो ।
कार्यक्रममा नगरलाई खुल्ला दिशामुक्ता घोषणा गर्नको लागी प्रत्यक्ष रुपमा सहयोग गर्ने बिभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको नगपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आइतबार  १ : ३० बजे