१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मधेशलाई उपेक्षा गरिएकाेले पृथकताबादीहरू हावी भएकाे विश्लेषककाे भनाई


२० आश्विन २०७५, शनिबार  

0
Shares

20181006_105906
दमक २० ,असाेज /
राजनितिक बिश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले कम्युनिष्टको नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कलंक भएको बताएका छन् । शनिबार युथ नेटवर्क नामक सामाजिक सस्थाले झापाको दमकमा मधेसको अवस्थाको बिययमा अन्तरसम्बाद कार्यक्रममा मधेसको मुलभुत समस्या र समस्याका कारणको बारेमा औल्याउदै संग्रौलाले नेकपा कम्युनिष्टको नाममा कलंक भएको बताए ।

संग्रौलाले भने, ‘ संघीयतालाई ८-१० बर्ष हेर्ने पुष्पकमलको धारणा संघीयता लाई मार्ने धारणा हो र उनको पार्टी नेकपा बामपंथी हो कि हैन थाहा भएन तर कम्युनिष्टको नाममा कलंक हो ।’

अन्तरसम्बाद कार्यक्रममा संग्रौलाले पहाड र तराइमा बोलिने भाषालेनै बिभेदकारी पर्खाल खडा गर्ने र तराइको एक दक्ष ब्यक्ति भाषाको समस्याले पहाडमा गएर सेवा गर्न असमर्थ भएका उदाहरण दिए ।

राजकुमार लेखिको भनाइ उधृत गर्दै उनले भने ‘ तराइ भुगोल हो भने मधेस सभ्यता रहेको अबगत गराउदै तात्कालिन राजा महेन्द्रको पालामा चलाइएको पुनर्बास योजना अनुरुप पहाडबाट मधेसमा मानिस सारिए देखिनै तराइका वास्तविक आदिबासीहरु उपेक्षित हुन सुरु भएको जसमा तराइका वास्तविक आदिबासी जाती थारुहरु त्यसै बेला देखि बधुवा मजदुर हुन पुगेका थिए ।’

१६ बुदे सम्झौताबाट सुरु भएको आजको मधेसको कमजोर अवस्था नेपाल बिनासकारि भुकम्प २०७२ ले हल्लिएको बेला आम जनमतको बेवास्था गरि ल्याएको संविधानमा मधेसी, थारु,उत्पिडित, महिला, जनजातिको उपेक्षा गरिएको र यो संबन्धि काइते र किर्ते रहेको आरोप लगाउदै उक्त संविधान पारदर्शी र सत्यतापुर्ण नभएको संग्रौलाले बताए ।

अर्को तर्फ टिकापुर आन्दोलनले मधेश आक्रान्त भएको बेला मधेस आन्दोलन दबाइ संविधान ल्याउनु पनि मधेस बिरुद्धको अर्को उदाहरण प्रस्तुत गरे । ‘मधेसी जनताले राखेको समानता, प्रतिस्ठा ,समाबेसी प्रतिनिधित्व र आत्मनिर्णयको अधिकारलाई उपेक्षित गरि नेपालमा संविधान घोषणा गरिनु आजको मधेसको उपेक्षाको मुख्य बिषय हो ।’

उनले भने , ‘सिंहदरबारको आँखाले हेर्दा त्यहाका शासकले मधेसमा समस्या नदेखेतापनि मधेसमा बसेर हेर्दा त्यहा बर्बर समस्या रहेको चन्द्रकिसोर झाको बिचार सम्झन्छु । सामर्थ्य र समावेशिताको मुद्दा लिएर हिडेका माओवादीका नेता प्रचण्ड एमालेमा बिलय भइ जनताले बनाएको नायक खलनायक साबित हुन पुगे , त्यसै गरि मधेसबादि दलहरुले पनि पहिचान र स्वायत्तताको मुद्दा त्यागेर सत्ता लिप्सामा लागेकोले तिनिहरु प्रती पनि मधेसी जनताको घृणा बढेर गएको छ ।’

मधेसका सि. के. राउतको बिद्रोहलाई राजनितिक समस्या नभएर प्रसासनिक समस्या ठान्ने सिंहदरबारका स्वामीले नै तिनिहरुको जन्म गराएकोले सिंहदरबारका शासकहरुले मधेसिको आँखाको आक्रोश र आँसु हेर्न आवश्यक भएको र तिनिहरुको आधिकार लाई शक्तिको प्रयोगगरि दमन गरिनु मधेसमा समस्या जन्माउ रहेको उनले बताए ।

संघीयताको सबालमा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको रुचि तथा समर्थन नरहेको र परिवर्तनको विपक्षमा आन्दोलनका बेला उभिएका केपी नै संघीयताको सस्थागतको जिम्मेवारीमा हाल रहेकाले यो कार्य उनको हातबाट असम्भब हुने संग्रौलाले बताए ।

अर्को तर्फ शिक्षा र स्वास्थ्य सर्बसाधारण जनताको पहुचमा हुनुपर्ने समाजबादी धारणालाई लिएर सडकमा उत्रिएका डा. केसी र उनका हजारौं समर्थक हरुलाइ पक्राउ गर्ने पार्टी नेकपा रहेको र त्यस पार्टीको सरकार वरिपरि धेरै दलालहरु रहने गरेकोले हाम्रो देशको अर्थ ब्यबस्था दलालि अर्थब्यबस्था हुन पुगेको छ। त्यसैगरी लेखक तथा पत्रकार चन्द्रकिसाेरले मधेशप्रति काठमाडौकाेे बक्र दृष्टि र मधेशलाई दिल्लीसंग जाेडेर हेेर्ने सिहंदरबारकाे चश्मा जबसम्म नफेरे मधेशकाे समस्या रहिरहने बताए । उनले नेपालमा भएका हरेक परिवर्तन र क्रान्तिकाे नाभि स्थल मधेश भएकाेले मधेशलाई हरेक क्षेत्रमा समावेशी, समानुपातिक, समानता र सम्मान दिनु पर्ने बताए । मधेश, मधेशी दल र मधेशी एजेन्डा अलग अलग भएकाेले बर्तमानमा मधेश र मधेशी एजेन्डालाई सरकारले छाेडेकाे बताए । मधेश र मधेशी एजेन्डा सरकारले छाडेकाले नेपालमा पृथकताबादी अान्दाेलनकाे स्वर हावी भएकाे भन्दै यसलाई सरकारले सम्बाेधन नगरे यसकाे ठुलाे मूल्य चुकाउनु पर्ने बताए

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार  १ : ४९ बजे