५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाली कांग्रेस विराटनगर राजधानीको पक्षमा, संसदीय दलको बैठक आज बस्दै


१८ आश्विन २०७५, बिहिबार  

0
Shares

nepali-congress-flag

विराटनगर १८, असोज /
नेपाली कांग्रेसले संसदीय एक नम्बर प्रदेश संसदीय दलको बैठक आज बोलाएको छ । बिराटनगरको परपरहेजमा बोलाईएको बैठकमा एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको बारेमा छलफल हुने बताईएको छ । २१ जना प्रदेश सभा सदस्य रहेको कांग्रेस एक नम्बर प्रदेश सरकारको प्रमुख प्रतिपक्षीको रुपमा रहेको छ । नेपाली कांग्रेसले प्रदेशको नाम र राधानीको बारेमा धारणा तय गर्न आज बैठक बोलाएको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए । उनले प्रदेशको नामको बिषय र स्थायी राजधानीको बिषयमा बैठकमा गम्भीर छलफल हुने बताए । कांग्रेसको पहिला देखिकै धारणा विराटनगर नै स्थायी राजधानी रहेकोले कांग्रेस त्यसबाट तलमाथि नहुने सुनाए । तरपनि सबै माननीय सदस्यहरुको धारणालाई पनि सम्बोधन गर्नु पर्ने भएकोले बैठकमा थप बिषयहरु आउने उनको धारणा छ । कांग्रेसले हिजो साँझ मोरङका प्रदेश सांसदसँग प्रदेशको राजधानी र नामको बारेमा जिल्ला पार्टी कार्यालयमा छलफल गरेको छ ।
यस अघि बिराटनगरमा बसेको नेकपा संसदीय दलको बैठकले स्थायी राजधानी र प्रदेशको नामको बारेमा छलफल गरेको थियो । छलफलको क्रममा विराटनगर र ईटहरीलाई आसपास बनाएर स्थायी राजधानी बनाउनु पर्ने अधिकांश नेकपाका सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  ५ : ४४ बजे