५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

लाेक सेवा सदनकाे जग्गामा चलखेल शुरू भएकाे भन्दै गाैरीगंज गाउँपालिकाले लियाे ‘एक्सन’


१५ आश्विन २०७५, सोमबार  

0
Shares

20181001_131703
गाैरीगंज १५ , असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं ३ मा रहेकाे लाेक सेवा अतिथि सदनकाे जग्गालाई व्यवस्थापन गर्न गाैरीगंज गाउँपालिका वार्ड नं ३ ले अाज छलफल शुरू गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाले अतिथि सदन जग्गामा ‘केही समुहहरूले’ चलखेल शुरू गरेकाे भन्दै जग्गालाई गाउँपालिकाकाे स्वामित्वमा ल्याई व्यवस्थित गर्न कार्तिक १० गते भित्र अाम भेला बाेलाई तदर्थ समित निर्माण गरिने निर्णय गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे सभा हलमा अाज भएकाे छलफलमा सहभागीहरूले अतिथि सेवा सदनकाे जग्गा संरक्षण गर्न २०५९ सालमा बनेकाे समिति स्वत खारेज भएकाे भन्दै तत्काल गाउँ पालिकाले हस्तक्षेप गरि अतिथि सदन निर्माण गर्न लागि पर्नु पर्ने बताएका थिए । गाैरीगंज गाउँपालिका वार्ड नं ३ का अध्यक्ष मखना महताेकाे अध्यक्षतामा बसेकाे भेलामा नेकपाका प्रतिनिधि श्याम ढकालले धेरै वर्षसम्म समिति निष्कृिय रहेकाेले समिति स्वत खारेज भएकाे र सेवा सदनकाे जग्गा स्थानिय तहकाे मातहतमा अाउने व्यवस्था रहेकाे बताएका थिए । समितिकाे जग्गा कसैकाेे ऋण तिर्न वा अाफु खुशी दान दिएकाे जग्गा पुनः फिर्ता लिन सक्ने विधानमा उल्लेख नभएकाे बताउदै उनले कुनै पनि हालतमा जग्गा गाउँपालिकाकाे मातहतमा ल्याई अतिथि सदन निर्माण गर्नु पर्ने बताए । मालपाेल कार्यलयकाे श्रेस्तामा गंगा राजवंशी र सिराज मियाँकाे नामबाट अतिथि सेवा सदनकाे नाममा जग्गा अाएकाे देखिएकाेले याे जग्गा समितिकै नाममा रहने र त्याे समिति बर्षाै निस्कृिय रहेकाेले त्याे जग्गा गाैरीगंज गाउँपालिकाकाेे मातहतमा रहने अध्यक्ष बाबुराजा श्रेष्ठले बताएका थिए ।
अतिथि सेवा सदनकाे नाममा गाैरीगंज गाउँपालिकाका वार्ड नं ३ मा १७ कठ्ठा १० धुर र वार्ड नं ४ मा ८ विघा भन्दा बढी जग्गा रहेकाे छ ।
राप्रपाका प्रतिनिधि देवी थापाले बर्षाै देखि याे जग्गा अतिथि सदनकाे जग्गा हामीले सुन्दै अाएकाेले याे जग्गा कुनै पनि हालतमा व्यत्तिगत प्रायाेजनका लागि दिए अान्दाेलन हुने र यसकाे सम्पुर्ण जवाफदेहि गाउँपालिका हुनेे बताएका थिए ।
गाैरीगंज बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख केदार रिमालले अतिथि सदनकाे जग्गा गाउँपालिकाले व्यवस्थापन गर्न नसके हामी अाम नागरिकलाई जिम्मा दिई डिपिअार तयार गरि अतिथि सदन निर्माण गर्नु पर्ने बताएका थिए ।
नेकपा पार्टीका अर्का प्रतिनिधि केदार ढुंगेलले अतिथि सदनकाे जग्गा कुनै पनि हालतमा दायाँबायाँ नगरी अतिथि सेवा सदन निर्माण गर्नु पर्ने बताएका थिए । उनले गाउँपालिकाबाट अतिथि सेवा सदनकाे नाममा छुट्याइएको २० लाख रूपैयाँ बजेटबाट तत्काल निर्माण गर्नु पर्ने बताएका थिए ।
गाैरीगंज गाउँपालिकाले अतिथि सेवा सदनकाे नाममा रहेकाे जग्गा मालपाेत कार्यालयमा राेक्का गरिदिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ३ कार्यालयले कानुनी प्रावधान बुझी ७ दिन भित्र सम्वन्धित सराेकारबालालाई पत्राचार गर्ने बुझिएकाे छ । साथै भेलाले समितिकाे हालसम्ममकाे अाम्दानीकाे खाेजीनीति गरि कार्तिक १० गतेकाे भेलामा जानकारी गराउनेसमेत निर्णय गरेकाे छ ।
20181001_152611

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार  ९ : ४७ बजे