३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

विश्वका सर्वोत्कृष्ट विश्वविद्यालयको सूची यस्ता छन्


१२ आश्विन २०७५, शुक्रबार  

0
Shares

colleges
एजेन्सी । एसियाली क्षेत्रमा पहिलोपटक पश्चिमसँगको अन्तर कम गराउँदै चिनियाँ विश्वविद्यालय अगाडि आएको छ भने भारत चाहिँ निकै पछि परेको संचार माध्यम सीएनएनले जनाएको छ । विश्वका उत्कृष्ट १,२५० मध्ये नेपालको एक मात्र त्रिभुवन विश्वविद्यालय भने ८०१ –१००० भित्र परेको हो । टाइम्स हाइयर एजुकेसनले सार्वजानिक गरेको २०१९ को यस आधिकारिक सूचीमा शिर्ष १०० मा अमेरिकी विश्वविद्यालयहरु हावी भएपनि पहिलो र दोस्रोमा भने बेलायतका अक्सफोर्ड र क्याम्ब्रिज युनिभर्सिटी आफ्नो स्थानमा कायम रहेका छन् । सबैभन्दा उत्कृष्ट अमेरिकी विश्वविद्यालयमा स्ट्यानफोर्ड तेस्रोमा पर्न सफल भएको छ ।

उता जापानले पनि उत्कृष्ट विश्वविद्यालयको सङ्ख्यामा बेलायतलाई हराएको छ । बेइजिङस्थित सिङ्ग्वा विश्वविद्यालय भने आठ स्थान माथि आउँदै पहिलोपटक नेस्नल युनिभर्सिटी अफ सिंगापूरलाई हराएर २२ औँमा पर्न सफल भएको हो । सिंगापुरले यसवर्ष २३ औँ स्थान हासिल गरेको छ । चीनले पढाइको वातावरणमा विशेष सुधार ल्याएकै कारण माथि आउन सफल भएको टाइम्स हाइयर एजुकेसन, टी.एच.इ को भनाइ छ । यसबारे अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर साइमन मार्गिन्सनले पनि आफूलाई चीनको उपलब्धिप्रति कुनै आश्चर्य नभएको बताएका हुन् । उनका अनुसार गणित र कम्प्युटिङ रिसर्चको क्षेत्रमा सिङ्ग्वा विश्वकै उत्कृष्ट विश्वविद्यालय हो । यसका साथै सो विश्वविद्यालयको शुल्क पनि तुलनात्मक हिसाबले अत्यन्तै कम रहेको बताइएको छ । जसकारण भविष्यमा यसले पश्चिमलाई ठूलो चुनौति दिने बताइएको हो । त्यसैगरी चीनको अर्को जेइझाङ विश्वविद्यालय पनि १०१ बाट ७६ औँ स्थान माथि आएको छ भने उता हङकङले पनि उत्तिकै प्रतिस्पर्धा गरिरहेको बताइएको छ । यसरी चीनका कूल ७२ विश्वविद्यालयहरु यस सूचीमा परेका छन् जसले पहिलापटक जापानलाई पनि पछि पारेको हो ।

यता भारत भने शिर्ष २०० बाट बाहिरिएको छ जसमा इन्डियन इन्सटिटीउट अफ साइन्स २५१–३०० भित्र परेको छ । तरपनि भारतका ४९ विश्वविद्यालयले यस सूचीमा स्थान पाएका छन् जसपछि सर्वाधिक विश्वविद्यालय भएको देशमा भारत पाँचौंमा आएको हो ।
युरोपमा भने जर्मनीका ८ विश्वविद्यालय शीर्ष १०० भित्र पर्न सफल भएका छन् । त्यसैगरी फ्रान्सबाट चाहिँ केबल दुई विद्यालय मात्र शिर्ष १०० मा आएका हुन् । उता अष्ट्रेलियाका विश्वविद्यालयहरु भने बजेट कटौतिका कारण पछि परिरहेको टी.एच.इले जनाएको छ ।

अष्ट्रेलियाका नौ मध्ये ६ विश्वविद्यालयले पछिल्लो वर्षको तुलनामा आफ्नो स्थान गुमाएको हो । यस्तोमा आगामी केही वर्षहरुमा अष्ट्रेलियाले एसियाबाट ठूलो चुनौतिको सामना गर्नुपर्ने बताइएको छ । शिर्ष १०० मा अष्ट्रेलियाका ६ युनिभर्सिटी परेका छन् जसमा युनिभर्सिटी अफ मेल्बोर्न ३२ औँ स्थानमा रहेको छ । यसैगरी ईराकको बगदाद युनिभर्सिटी पनि पहिलोपटक ८०१– १००० मार्फत यस सूचीमा पर्न सफल भएको छ । अन्तराष्ट्रिय निरीक्षणमा यसले राम्रो स्कोर प्राप्त गरेको बताइएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  ३ : ०९ बजे