५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेश १काे स्थायी राजधानी विराटनगर राख्ने बिषयमा अान्तरिक छलफल शुरु


१२ आश्विन २०७५, शुक्रबार  

0
Shares

mantri-parisad-baithak-2

विराटनगर १२, असोज / प्रदेश १काे स्थायी राजधानी विराटनगर राख्ने बिषयमा अान्तरिक छलफल शुरु भएकाे छ । प्रदेश सांसदहरुसँग मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामकाे बिषयमा छुट्टा छुट्टै अान्तरिक छलफल शुरु गरेका हुन् । पहिलाे चरणमा अाफ्नै पार्टीका सांसदहरु सँग मुख्यमन्त्री राईले छलफल थालेका हुन् । सत्ता पक्षिय सांसदलाई मनाउने कसरतमा रहेका मुख्यमन्त्री राईले नेकपाका केही सांसदलाई बिहीबार साँझ आफ्नो कार्यालयमा वाेलाएर राजधानी र नामांकनको विषयमा राय लिएका छन् । उनले पहिलाे चरणमा मोरङ, उदयपुर र संखुवासभाका सांसदहरुलाई कार्यालयमा बोलाएर छुट्टाछुट्टै छलफल गरेकाे मुख्यमन्त्री कार्यालय श्राेतले जनाएकाे छ ।मोरङका सांसदहरुसंगको छलफलमा मुख्यमन्त्री राईले आफु वृहत विराटनगरको पक्षमा रहेकाले सोही अनुसार सबैलाई पायक पर्ने स्थानमा स्थायी राजधानी ताेक्ने तयारीमा रहेकाे बताए । तत्काल नामको बिषयमा सहमति नजुटे नामलाई थाती राखेर स्थायी राजधानी टुंग्याउने पक्षमा मुख्यमन्त्री देखिएका छन् । माेरङका ११ सांसद सहभागी छलफलमा मोरङका सांसदहरुले व्यवस्थापिका र कार्यापालिका एउटै शहरमा राख्न सुझाव दिएका छन् ।

विवाद मिलाउन संसदीय दलको बैठक : प्रदेश १ को नाम र राजधानी तोक्न ढिलाइ गरेको भन्दै प्रदेश सरकारको आलोचना अहिले भइरहेको छ । प्रदेशको नाम र राजधानीको बारेमा प्रदेशसभामा दुईतिहाइ बढी मत रहेको नेकपाभित्रै समान धारणा नभएकाले नेकपाले त्यसको टुङ्गो लगाउन संसदीय दलको बैठक बोलाएको छ ।असोज १५ र १६ गते विराटनगरमा संसदीय दलको बैठक बसी प्रदेशको राजधानी टुङ्गो लगाउने तयारी नेकपाले गरेको नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । उनले संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीबारे पनि छलफल हुने जानकारी दिँदै नामलाई थाती राखेर राजधानी तोक्ने बिषयमा छलफल केन्द्रित हुने बताए । प्रदेश संसदीय दलको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन नेकपाले निर्देशन दिएको छ । प्रदेशको अस्थायी राजधानी रहेको विराटनगरलाई नै स्थायी राजधानी तोक्ने तयारी गरेको स्रोतले जनाएको छ । प्रदेश सरकारले भने विराटनगरलाई राजधानी कायम गर्दै प्रदेश सरकारका अन्य कार्यालय विकेन्द्रित गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  १ : ४२ बजे