१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाले दलित तथा विपन्न परिवारलाई घर निर्माण गरिदिने


९ आश्विन २०७५, मंगलबार  

0
Shares

20180925_170411

गाैरीगंज ९, असाेज / गाैरगंज गाउँपालिकाले विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने भएकाे छ ।
गाैरीगंज गाउँपालिका र ह्यविटेड संस्थामार्फत सहारा नेपालकाे संयुक्त लगानीमा ३० विपन्न तथा दलित परिवारलाई घर निर्माण गरिदिने सहमति भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ४ काे बेलगाछी बालुगाउ सतार बस्तीमा १० घर , वार्ड नं ५ काे हरिराकाे मुसहरबस्तीमा १० घर र वार्ड नं६ काे दमाई बस्तीमा १० घरलाई एकीकृत वस्ती याेजना अन्तर्गत गाउँपालिकाले सहारा नेपालसंग सहकार्य गरेर १ लाख ५० हजार रूपैयाँकाे लागतमा घर निर्माण गर्न लागिएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘ याे पहिलाे चरण भएकाेले ३० घर मात्र निर्माण गर्न लागिएकाे हाे, याे याेजनालाई क्रमिकरूपमा अगाडि बढाउने छु ।’ घर निर्माणका लागि प्रत्येक परिवारलाई १ लाख ५० हजार रूपैया मध्ये ७५ हजार रूपैयाँ गाैरीगंज गाउँपालिका र ७५ हजार सहारा नेपालले संयुक्त लगानी गर्ने सहमति भएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।
जग्गा नभएका परिवारलाई जग्गा उपलब्धताका लागि गाउँ पालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताउनुभयाे । गाैरीगंज गाउँपालिकामा काेही पनि घरवारविहीन नहाेस भन्ने उधेश्यले याे याेजना अघि बढाएकाे र दाेस्राे चरण अन्तर्गत अन्य वडामा पनि याे याेजना लागू गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलबार  १२ : १६ बजे