१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा ४ घण्टा मात्र पसल खुल्ला रहने, हाट बजार पुर्णरुपमा बन्द रहने


१७ कार्तिक २०७७, सोमबार  

0
Shares

गौरीगंज १७, कार्तिक / गौरीगंज गाउँपालिकाको आज वसेको सीसीएमसीको वैठकले निम्न प्रकारको निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष तथा सीसीएमसीका संयोजक बाबुराजा श्रेष्ठको अध्यक्षतामा बैठक वसी निम्न प्रकारका निर्णयहरू गरिएकाे हो ।

तल उल्लेखित निर्णयहरु मंसिर ६ गतेसम्मका लागि लागु हुने र त्यसपश्चात आवश्यकता अनुसार थप निर्णय गरिने गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जनाएका छन् ।

निर्णयहरु
१) गौरीगंज गाउपालिका अन्तर्गतका सम्पुर्ण वार्डहरुले संक्रमितहरु आइसोलेसनमा रहेकाहरु तथा मृतकहरुको लागत अनिवार्य रुपमा राख्नु पर्ने ।
(२) गौरीगंज गाउँपालिकामा पर्ने अन्तर्राष्ट्रिय खुला सिमानावाट हुने आवतजावत तथा ओसारपोसारलाई पूर्ण रुपमा बन्द गर्ने । तर मानविय उद्दार गनुपर्ने अवस्था आइपरेमा गा.पा. तथा सुरक्ष निकायको समन्वयमा उद्दार गर्ने ।
(३) महान चाड दिपावलि (तिहार) मा खेलिने देउसी भैलो तथा छैठमा हुने भिडभाड कम गर्नका लागि देउसी भैलो खेल्न नदिने र जलासयहरुमा हुने भिडभाड कम गर्ने गराउने । साथै चाडपर्वको समयमा हुने मेला जात्रा लाई पूर्ण रुपमा बन्द गर्ने गराउने ।
(४) गाउँपालिका भरिका सम्पूर्ण साप्ताहिक हाट बजार तथा गुद्रि बजारहरु पूर्ण रुपले बन्द गर्ने ।
(५) सटरमा रहेका पसलहरु (औषधि पसल,दुध डेरी, कृषि सामाग्री ,पशु औषधि पसल हरु देखि बाहेक ) प्रत्येक दिन बिहान १० ः०० देखी २ ः०० बजे सम्म मात्र खोल्न दिने र पसलमा व्यक्तिगत सुरक्षा सामागी्र तथा विश्वव्यापी सुरक्षा मापदण्डहरु अपनाउनै पर्ने बाध्यकारी नियम पालन गराउने ।
(६) गौरीगंज क्षेत्रमा रहेका सम्पूर्ण सरकारी/गौह्रसरकारी/बैंक तथा वित्तिय तथा सामाजिक कार्यालयहरुको साटो समय दिनुको १० ः०० बजे देखी २ ः०० बजे सम्म कायम राख्ने साथै कार्यालयहरुमा भिडभाड कम हुने वातावरण बनाउन कार्यालय हरुलाई निर्देशन दिने । साथै गाउ“पालिकावाट नागरिकहरुलाई दिनु पर्ने सेवा तपशिल अनुसार हुने । निम्न वार्ड कार्यालयहरु निम्न दिनहरुमा मात्र  खुल्ला  रहने छ ।

र्वाड नंः १ ः आइतवार र सोमवार
र्वाड नंः २ ः सोमवार र आइतवार
र्वाड नंः ३ ः शुक्रवार र विहिवार
र्वाड नंः ४ ः विहिवार र शुक्रवार
र्वाड नंः ५ ः बुधवार र मंगलवार
र्वाड नंः ६ ः मंगलवार र बुधवार

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : २९ बजे