१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ग्रामीण तथा शहरी विकासकाे समापनसंगै गाैरीगंज र गाैरादहमा महिलाहरूकाे दुई संस्था


५ आश्विन २०७५, शुक्रबार  

0
Shares

20181106_121320
गौरीगंज २०, कार्तिक / ग्रामिण तथा सहरी बिकास परियोजना नेपालले एक कार्यक्रमकाे अायाेजना गरि अाफ्नाे ३ वर्षे कार्यकाल अाज सम्पन्न गरेकाे छ ।
ग्रामिण तथा सहरी विकास परियाेजना नेपालले नेपाल महिला सशक्तिकरण संस्था गौरादह र राष्ट्रिय महिला सशत्तिकरण गाैरीगंज संस्था दर्ता गरी जिम्मेवारी दिदै कार्यकाल सम्पन्न गरिएकाे हाे ।

ग्रामीण तथा सहकारी विकास परियाेजना नेपालकी अध्यक्ष वसन्त लक्ष्मी उदासकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रमका प्रमुख अतिथि गाैरादह नगरपालिकाकाकी उपमेयर गिता भेटवाल थिइन ।
प्रमुख अतिथि भेटवालले पछाडि पारिएका सीमान्तकृत महिलाहरूकाे सवलीकरणमा रूड नेपालले खेलेकाे भुमिका प्रशंसनिय रहेकाे भन्दै घर भित्र रहेका महिलाहरूलाई बाहिर ल्याउने कार्य गरेकाे बताउनुभयाे । राजनीतिक, सामाजिक कार्यमा महिलाहरूलाई नेतृत्वमा पुर्याउन यस संस्थाकाे ठुलाे याेगदान रहेकाे उल्लेख गर्दै उपमेयर गिता भेटवालले यसकाे जिम्मेवारी अब गाैरादह र गाैरीगंज महिला सशक्तीकरणलाई अाईपरेकाे बताउनुभयाे ।
कार्यक्रममा उहाँले नेपाल महिला सशक्तीकरण गाैरादहलाई अावश्यक परेकाे बजेट छुट्टाउनेे बताउनुभयाे ।

यसैक्रममा ग्रामिण तथा शहरी विकास परियाेजनाका अध्यक्ष वसन्त लक्ष्मी उदासले संस्थाकाे ३ वर्षे कार्यकाल भरि गरिएका कार्यक्रम, त्यसकाे उपलब्धि, चुनाैतीबारे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । प्रतिवेदनमा ३ वर्ष भित्र रूड नेपालले महिला पाठेघर, स्वास्थ शिविर, महिला हिंसा, महिला शिक्षालगायतका कार्यक्रम अायाेजना गरिएकाे उल्लेख गरिएकाे थियाे ।

कार्यक्रमका नेपाल महिला सशक्तिकरण संस्था गाैरादहकी अध्यक्ष भरिपुर्ण राई र राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकी अध्यक्ष फुलबति राजवंशीले अग्रजबाट अाएकाे सल्लाह, सुझावबाट अघि बढ्ने बताउनुभयाे । राष्ट्रिय महिला सशत्तीकरण गाैरीगंजलाई गाैरीगंज गाउँपालिकाले ४ लाख २५ हजार बजेट छुट्याएकाे अध्यक्ष राजवंशीले बताउनुभयाे ।
रूड नेपालका अध्यक्ष वसन्त लक्ष्मी उदास, जिल्ला संयाेजक पुण्य संग्राैला, उपाध्यक्ष सन्ताेष कुमार श्रेष्ठ, लेखा फाटकी सर्मिला श्रेष्ठ, सामाजिक परिचालक पुष्पलता राजवंशी र भिम कुमारी राईलाई समापनकाे अवसरमा झल्ला,फुलमाला तथा अविरले लगाई विदाई गरिएकाे थियाे । रूड नेपाललाई
जागरण नेपालले सहयाेग गर्दै अाएकाे थियाे । कार्यक्रममा गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, गाैरादह नगरपालिका वार्ड नं ७ का अध्यक्ष बलराम खरेलेले मन्तव्य राखेकाे कार्यक्रमकाे स्वागत रूड नेपाल संस्थाका उपाध्यक्ष सन्ताेष कुमार श्रेष्ठले गरेका थिए ।
20181106_120926

20181106_120145

20181106_120055

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  ३ : ५४ बजे