१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजसहित जिल्लाका १५ वटै स्थानिय निकायमा प्याब्सनकाे विविध कार्यक्रम सम्पन्न


५ आश्विन २०७५, शुक्रबार  

0
Shares

20180921_140650
गाैरीगंज ५ असाेज /
विश्व शान्ति दिवसको अवसर पारेर आज प्याव्सन झापाले जिल्लाभरका १५ वटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । जिल्लाभरका ३ सय वटा निजि बिद्यालयका ५ हजार ५ सय बिद्यार्थिहरु विच बिभिन्न कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमको जिल्ला संंयाेजक तथा प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष श्रवण पोखरेलले जानकारी दिनुभयो ।
जिल्लाका १५ वटै स्थानियतहमा एकै प्रकृतिकाे कार्यक्रम सम्पन्न गरिएको पोखरेलले बताउनुभयो । जसमा कक्षा १ देखी ५ सम्मका बिद्यार्थिहरुलाई हाजिरिजवाफ तथा चित्रकला प्रतियोगिता, कक्षा ६ देखी ८ सम्मका बिद्यार्थिहरुलाई हाजिरिजवाफ प्रतियोगीता, नेपाली र अंग्रेजी भषामा निबन्ध, कविता र सु्रती लेखन प्रतियोगीता गरिएको हो । त्यसैगरी कक्षा ९ र १० का बिद्यार्थिहरु विच नेपाली र अंग्रेजी भषामा निबन्ध लेखन र बतृत्वकला प्रतियोगिता गरिएको कार्यक्रम संंयाेजक पोखरेलले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट बिद्यार्थिहरुलाई आजै पुरस्कृत गरिएको र १५ वटै स्थानिय तहका बिभिन्न बिधाका प्रथम हुनेलाई आगामी ८ गते जिल्लस्तरिय प्रतियोगिता गराई पुनः पुरस्कृत गरिने उहाँले बताउनु भयो ।

गाैरीगंजमा पनि व्याब्सन गाैरीगंजकाे विविध कार्यक्रम

त्यसैगरी निजि तथा आबासिय बिद्यालयहरुको गाउँपालिका स्तरिय छाता सँगठन प्याबसन गौरीगंजले गाउँपालिका स्तरिय अन्तर बिद्यालय अतिरिक्त कृयाकलाप प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार (अाज) गौरीगञ्ज ३ स्थित स्नो ह्वाइट बोर्डिँग स्कुलको प्राँगणमा सम्पन्न भएको सो कार्यक्रममा हाजिरि जवाफ‚ चित्रकला‚ कबिता‚ निबन्ध तथा बक्तृत्वकला लगायतका प्रतियोगिताहरु सँचालन भएका थिए ।
प्राथमिक तह तर्फको हाजिरी जवाफ प्रतियोगितामा देबकोटा माबि प्रथम‚ ज्ञानकुञ्ज एकाडेमी द्वितिय र स्नो ह्वाइट स्कुल तृतिय भएका थिए भने निमाबि तहको हाजिरी जवाफ तर्फ ज्ञानकुञ्ज एकाडेमी प्रथम‚ स्नो ह्वाइट स्कुल द्वितिय र देबकोटा माबि तृतिय भएका थिए ।
त्यसै गरि कबिता बिधामा छात्रतर्फ स्नो ह्वाइटका हिमाल भण्डारी प्रथम‚ज्ञानकुञ्जका भुबनेश्वर ताजपुरिया द्वितिय र देबकोटाका नबिन कार्की तृतिय भएका थिए भने कबिता बिधा मै छात्रा तर्फ ज्ञानकुञ्ज की बिनिता साह प्रथम देबकोटाकी निरुता राजवँशी द्वितिय र युनिभर्सल एकाडेमीकी रबिना राजवँशी तृतिय भएकी थिइन् ।
बक्तृत्व कलामा छात्र तर्फ ज्ञानकुञ्जका उज्वल साह प्रथम‚युनिभर्सलका बब्लु यादव द्वितिय र देबकोटाका आकाश केसी तृतिय भएका थिए भने बक्तृत्वकला मै छात्रातर्फ ज्ञानकुञ्जकी स्मृती निरौला प्रथाम‚देबकोटाकी नेहा महतो द्वितिय र युनिभर्सलकी शशी मालाकार तृतिय भएकी थिइन् ।चित्रकला तथा निबन्धको नतिजा भने प्याबसनको जिल्ला समितीले निर्णय गर्ने भएकाे छ ।
प्याबसन गौरीगञ्जका अध्यक्ष कमल प्रसाद राजवँशीको सभापतित्व तथा सामाजिक बिकास समिती गौरीगञ्जका सँयोजक मखना महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गौरीगँजका शिक्षा प्रमुख डिल्लीराम अधिकारी क्याम्पस प्रमुख सर्वतलाल राजवँशी प्याबसन झापाका सल्लाहकार कमलेश्वर राजवँशी, गाैरीगंज क्याम्पसका पुर्व प्रमुख केदार रिमाल, गाैरीगंज शिक्षक महासंघका अध्यक्ष हरिलाल यादव, इलाका प्रहरी गौरीगञ्जका प्रहरी निरिक्षक टेकेन्द्र पौडेल, सशस्त्र प्रहरी बल गौरीगँजका प्रहरी निरिक्षक दिपक खडका लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  १ : ०६ बजे