४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश १ काे सिंचाई विधेयकमाथि समितिमा छलफल अाजपनि हुँदै


५ आश्विन २०७५, शुक्रबार  

0
Shares

sianchai-bidheyak-samiti-6alfal

विराटनगर ५ ,असोज / भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो विधेयकका रूपमा संसदमा ल्याएको सिँचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको तीनवटा संसोधनमा छलफल सुरू भएको छ । प्रदेशसभामा प्रस्तुत सो विधेयकमाथि सत्तापक्षका सांसदले दुईवटा र प्रतिपक्षबाट एउटा संसोधन परेको र दफावार छलफलका लागि प्रदेशसभाको प्राकृतिक स्रोत तथा पुर्वाधार विकास समितिमा पठाइएको थियो ।

ज्येष्ठ सदस्य लोकप्रसाद संग्रौलाको अध्यक्षतामा समितिको बिहीबार बसेको पहिलो बैठकमा विधेयक र दर्ता भएका संसोधन प्रस्तावमा छलफल सुरू भएको हो । विधेयक ल्याउनुको कारणबारे भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सागर राईले बैठकमा जानकारी गराए । उनले संसोधन प्रस्ताव र विधेयकको मर्मबारे सांसदहरूलाई दफावार जानकारी गराएका
थिए ।

विधेयकमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद् शिवनारायण गनगाई र सत्तापक्षबाट बिमल कार्की र सरिता थापाले संसोधन दर्ता गराएका हुन् । विधेयकका ११ वटा दफामा संसोधन प्रस्ताव दर्ता गराउने सत्तापक्षकै खिनु लङ्वा लिम्बू, हीरा थापा, रामबहादुर मगर र काजीमान कागते भने समितिको बैठकमा अनुपस्थित थिए । समितिको बैठकमा विधेयकमाथिको संसोधन प्रस्तावमा छलफल नटुंगिएका कारण शुक्रबारका लागि बैठक लम्बिएको छ। शुक्रबारको बैठकमा संसोधन प्रस्तुतकर्ता सांसदहरूले संसोधनमा सहमति जुटाउन थप छलफल गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  २ : ४७ बजे