३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जाइकाले सिंचाइ क्षेत्रमा लगानी गर्ने


४ आश्विन २०७५, बिहिबार  

0
Shares

b9f261279ffe4ad477257835e6de81f3.0
युवराज रेग्मी
गाैरादह ४, असोज / जाईका नामक जापनिज संस्थाले नेपालमा पहिलो सिचाइ आयोजना अन्तर्गत शिवसताक्षी, कमल,गौरादह र गौरिगन्जका केही भागहरुमा सिचाइको उचित ब्यबस्थापन गर्नेभएको छ । कन्काइ सिचाई कार्यलयले आयोजना गरेको कार्यक्रममा आज बिहिबार जापनिज बिज्ञहरु ,कर्मचारीहरु र सम्बन्धित स्थानिय निकायका प्रमुख,कृषि प्राबिधिक र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो । कन्काइ सिचाइ डिभिजन कार्यालयमा आयोजित कार्यक्रममा सिचाइको आवश्यकता र सम्भाब्यताको बिषयमा छलफल गरिनुका साथै कन्काइ सिन्चाइलाई ब्यबस्थित गरिए यस क्षेत्रका किसानलाई थप लाभ हुनुका साथै झापा जिल्लाको समग्र कृषि क्षेत्रमा नै बिकासको नयाँ सम्भाबना रहेको छलफलको निष्कर्ष रहेको थियो । कार्यक्रममा गाैरादह नगरपालिकाका मेयर राेहित साह, गाैरीगंज गाउँपालिकाकाे अध्यक्ष बाबुराजा श्रेष्ठ, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, कन्काई सिंचाई डिभिजन कार्यालयका प्रमुख विरेन्द्र यादव, शिवसताक्षि नगरपालिकाका मेयर चन्द्र कुमार सेर्मा, गाैरादह नगरपालिकाका प्रसासकिय अधिकृत सागर मिश्र, गाैरादह कृषि शाखाका प्रमुख प्रदिप श्रेष्ठलगायतकाे सहभागिता थियाे ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  २ : ०६ बजे