४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

छिटो प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारको ध्यानाकर्षण


२ आश्विन २०७५, मंगलबार  

0
Shares

samsad-bhawan

विराटनगर २ , असोज /
एक नम्बर प्रदेशका सांसदहरुले छिटो भन्दा छिटो प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सरकारसंग आग्रह गरेका छन् । एक नम्बर प्रदेशको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रदेशको नाम र राजधानीको विषय छिटो टुङ्ग्याउन माग गरेका हुन् । बैठकमा बोल्दै सांसद लिला सुब्बाले दुई तिहाई बहुमतको सरकार भएपनि अझै प्रदेशको नाम र राजधानीको विषय टुङ्ग्याउन नसकेको भन्दै टिप्पणी गरे । त्यस्तै सांसद विनादेवी राईले प्रदेशको नाम पहिचान झल्कने खालको हुनुपर्ने बताए । उनले प्रदेशको नाम सगरमाथा किराँत प्रदेश या कोशी किराँत प्रदेश राख्नुपर्नेमा जोड दिए ।
त्यस्तै शुन्य समयमा बोल्दै अम्बिका थापाले निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने अपराधीलाई संरक्षण गर्ने र प्रमाण मेटाउन भूमिका खेल्ने प्रहरीलाई नै हिरासतमा राखेर अनुसन्धान गर्न माग गरे ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  २ : ४६ बजे