४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बविना ताजपुरियालाई सांसद महिन्द्रा सुब्बाद्वारा रकम हस्तान्तरण


१ आश्विन २०७५, सोमबार  

0
Shares

925566c030b1e7515580326015640953.0
युबराज रेग्मी
गाैरादह १, असोज १ /

गाैरादह नगरपालिका वार्ड नं १ निवासी दिल वहादुर ताजपुरियाकी छाेरी बविना ताजपुरियालाई अाइ टि.पी. (शरिरमा रगत उत्पादन नहुने) गम्भिर प्रकारकाे राेगले थलिएपछि उनलाई अार्थिक सहयाेग गरिएकाे छ ।
माननीय सांसद महिन्द्रा सुब्बा, गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष सामाजिक ब्यक्तित्व तथा व्यवसायी जीवन राई तथा राजनीतिक व्यक्तित्व हुकुम सिंहले संयुक्तरूपमा बबिना कै घरमा पुगेर रु ४०,०००/- सहयोग रकम जुटाइ उनकाे परिवारलाई अाज हस्तान्तरण गर्नुभएको छ । उक्त रकम मध्ये गौरादह निवासी हाल दुबईमा बस्नु हुने सामाजिक सन्जालमा “मरुभुमिको साग वाला ” नामले परिचित ध्यान केसि तथा उनका साथीहरुबाट रु २००००/- , सांसद महिन्द्रा सुब्बाले आफ्नी छोरी हङकङ निवासी गया राईबाट रु १००००/- , कमल गाउपालिका निवासी सामाजिक राजनितिक ब्यक्तित्व श्री हुकुम सिंह राईबाट रु ५०००/- साथै जीवन राईबाट रु ५०००/- सहयोग रकम जुटाइ बबिनालाई हस्तान्तरण गरिएको थियो । सहयोगी मनहरुको सहयोगले नै आफ्नाेे छोेलाई बचाउन सकिने पुर्ण आश र भरोसा रहेको भन्दै दिल बहादुरले धन्यबाद दिए ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  २ : १६ बजे