२४ भदौ २०८२, मंगलबार | Wed Sep 10 2025

विराटनगरमा रहेको पुर्वाञ्चल विश्व बिद्यालयमा विद्यार्थीको ताला राजनीति,यी व्यक्ति नेताका आफन्त


१ आश्विन २०७५, सोमबार  

0
Shares

brt-pu_d44YALrtxT

विराटनगर १, असाेज /
नेपाल बिद्यार्थी संघले पुर्वाञ्चल विश्व बिद्यालयका उपकुलपतिको कार्यालय, रजिष्ट्रार, सबै संकाय डिनको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ । प्राज्ञिक संस्थाको रुपमा रहेको विश्वविद्यालयलाई वर्तमान सरकारले राजनीति गतिबिधि गर्ने थलोको रुपमा प्रयोग गरेको विरोधमा तालाबन्दी गरिएको नेबि संघले जनाएको छ । संघका केन्द्रिय सह–महामन्त्री कृष्ण कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफ्ना कार्यकर्ता लगाएर विश्व विद्यालयलाई अनिर्णयको बन्दी बनाएको, योग्यता र क्षमता भन्दा पार्टीका कार्यकर्ता र नातागोतालाई पदाधिकारी बनाउन लागेको भन्दै तालाबन्दी गरिएको उल्लेख छ । हालै गरिएको चिकित्साशास्त्र संकायको डिनको नियुक्ती खारेज गर्नुपर्ने, विश्व बिद्यालयलाई राजनीति हस्तक्षप मुक्त बनाईनु पर्ने, शैक्षिक क्यालेण्डर तुरुन्तै लागु गर्नुपर्ने, आंगिक क्याम्पसहरुलाई पुर्बाधारयुक्त बनाउनु पर्ने, विश्व बिद्यालयमा रहेको आर्थिक तथा नितीगत अनियमितताको अन्त्य र यस अघि भएको सहमतीको कार्यान्वयन नभएसम्म तालाबन्दी गर्ने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा संघले अघि सारेका मागको उपेक्षा गरे परिक्षा कार्यालय लगायत सम्पुर्ण शैक्षिक गतिबिधि बन्दगर्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।
यी व्यक्ति नेताका आफन्त
विश्वविद्यालयको चिकित्साशास्त्र संकायको डिनमा डा.शैलेशमणी पोखरेल नियुक्त भएका छन् । उनी शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोखरेलका सहोदर भतिजा हुन् । त्यस्तै गोठगाउँ स्थित शिक्षण अस्पतालको निर्देशकमा डा बिपेश आचार्यलाई नियुक्त गरिएको छ। डा आचार्यलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाको सिफारिसमा नियुक्त गरिएको श्रोतले जनाएको छ।
करिब महिना दिन अघि सत्तारुढ नेपाल कम्युनिष्यट पार्टी (नेकपा) समर्थित बिद्यार्थी लगायत बिभिन्न बिद्यार्थी संगठनको नाममा गरिएको तालाबन्दी कायमै छ । ती संगठनले बिभिन्न माग राख्दै उपकुलपतिको कार्यालय र सेवा आयोगमा तालाबन्दी गरेका थिए । तर अहिले नेपाल बिद्यार्थी संघले फेरी तालबन्दी गरेर तालामाथि ताला थपेको छ । यसले गर्दा दैनिक प्रशासनिक काम त ठप्प भएको छ नै अनिश्चितकालिन तालाबन्दीको श्रृङ्खलाले विश्वविद्यालयको भविश्य नै धरामपमा पार्ने हो की भन्ने चिन्ता बढेको प्राध्यापकहरुको गुनासो छ ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ११ : ५४ बजे