३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

विराटनगरका महिला मानव अधिकारकर्मीहरुले बलात्कार विरुद्ध कालो पट्टि बाधेर संसद भवन अगाडी यसरी दिए धर्ना


३१ भाद्र २०७५, आइतबार  

0
Shares

20180916_174147

विराटनगर ३१,भदौ / महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुले विराटनगरमा रहेका एक नम्बर प्रदेश संसद भवन अगाडी बसेर धर्ना दिएका छन् ।
पछिल्लो समय बढ्दै गएका बलात्कार र बलात्कारपछि हत्या भएका घटनाहरुको सत्य तथ्य छानविन हुनुपर्ने माग राख्दै महिला मानव अधिकार रक्षकहरुकोे ४ महिने अभियान अन्र्तगत आईतबार हस्पिटल चोक पूर्व संसंद भवन जाने बाटोमा बसेर धर्ना दिएका छन् ।
महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गत साउन २४ गतेबाट बलात्कार विरुद्ध चार महिने अभियान सुरु गरेको थियो । यसैविच अभियान अन्र्तगत विराटनगरमा रहेका आदा दर्जन महिला मानव अधिकार रक्षकहरुले कालो पट्टि बाधेर विरोध गरेका छन् ।
बलात्कारका घटना न्युनिकरण गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन दवाव पुगोस भनेर ४ अभियान सुरु गरिएको महिला मानव अधिकार रक्षक संजाल मोरङकी अध्यक्ष मञ्जिता उपाध्ययले जानकारी दिनुभयो ।
एक नम्बर प्रदेशको हरेक जिल्लाबाट बलात्कार विरुद्धका ५– ५ हजार हस्ताक्षर संकलन गरिे प्रदेशका मुख्यमन्त्रिलाई बुझाउने तयारी रहेको उपाध्ययले बताउनुभयो । संञ्जालले अहिले मुख्यमन्त्री कार्यालय, संसद भवन, कानुन मन्त्रालय अगाडी धर्ना, प्रदेश स्तरिय महिला अधिकारकर्मीको भेला गर्ने र हरेक जिल्लामा र्याली निकाल्ने जनाएको छ ।
धर्ना कार्यक्रममा नागरिककर्मी दिनेस श्रेष्ठले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्नुको साटो मुद्धालाई बङग्याउन चलखेल भइरहेको आरोप लगाउनुभयो । घटनास्थलको अनुगमन, प्रहरी र बालिकाका आफन्तसंगको भेटघाट र छलफलपछि राजनीतिक दवावका कारण, मुद्धालाई बङग्याउने प्रयास भईरहेको महिला मानव अधिकारकर्मीहरुले बताए ।
कञ्चनपुरीकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको बिरोध तथा पछिल्लो समय बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएको र दोषी उपर कारबाही नगरेको भन्दै महिला मानव अधिकार कर्मीहरुले हस्ताक्षर संकलन पनि गरेका छन्
‘महिलामाथी हुने बलात्कार समाज सव्य हुन सक्दैन, बलत्कारको अन्त्य गरी सव्य समाज निर्माण गरौ’ भन्ने मुल नारा सहित महिला मानव अधिकार रक्षक संजाल प्रदेश नम्बर १, महिला पूर्नस्थापना केन्द्र ( ओरेक ) नेपाल , ईन्सेक विराटनगर, नारी विकास संघ र सिविन हेल्पलाईन विराटनगरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार  ११ : ५५ बजे