
गाैरीगंज ३१, भदाै /  झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं २ बागाहाचाैधरी स्थित विधुत ट्रान्फर्मरबाट हाईटेन्सनकाे विधुतीय तार तान्ने विषयमा भएकाे विवाद   समाधानका लागि स्थानियहरूले सुझाव दिएका छन् ।
 नेपाल टेलीकम दमकका मर्मत टाेलीका प्राविधिक
शिव राई र गाैरादह विधुत प्राधिकरणका रन्जित राउतकाे संयुत्त टाेली समक्ष अाज विहान स्थानियहरूले विकल्पकाे रूपमा जग्गा धनीकै जमिन छेउबाट हाईटेन्सन विधुतिय तार लान सुझाव दिएका हुन् ।
नेपाल टेलिकमकाे टावर स्थानिय सम्पत राजवंशीकाे जग्गामा रहेकाले उनकै जग्गाबाट तार लान स्थानियहरूले सुझाव दिएका थिए । बजार क्षेत्रबाट साेझै टावरकाे हाईटेन्सन तार लगे दुर्घटना निम्तिने बढी  सम्भावना भएकाे हुदा स्थानियहरू अाक्राेसित थिए । गाैरादह विधुत प्राधिकरणका रन्जित राउतले स्थानियहरूले राखेकाे सुझाव सकारात्मक भएकाे भन्दै जग्गा धनीसंग सहमति गरि छिट्टै तार जाेडिने बताए । उनले तार जाेड्ने भए स्थानियहरूसंगै सहकार्य गर्दै अघि बढ्ने बताए ।  स्थानिय जग्गाधनी सम्पत राजवंशीलेे जग्गाकाे खास धनी अाफ्नाे बुबा  रहेकाले परिवारसँग  छलफल गरि छिट्टै  तार जाेड्ने कार्यलाई  अधि बढाउन सहयाेग गर्ने प्रतिवद्वता गरेका थिए ।
 तार तान्ने कार्यमा ढिलाई भएकाे हुदा नेपाल टेलिकमकाे टावर सञ्चालनमा अाउन  नसकेकाे हाे ।
नेपाल टेलिकमकाे टावर सञ्चालनमा नअाउदा त्यसभेगका हजाराैै जनता  टेलिफाेन सेवामा समस्या खेप्दै अाएका छन् । उनीहरूले  नेपाल टेलिफाेनकाे एनटीसी फाेनमा सम्पर्क गर्दा स्पष्ट नबुझिने, हतपत्त फाेन नलाग्ने  जस्ता प्राविधिक समस्या खेप्दै अाएकाे स्थानियहरू बताउँछन् । 
                                



