३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

महिलाकाे सहभागिता बिना विकास निर्माण कार्य अपुराे : अध्यक्ष श्रेष्ठ


३१ भाद्र २०७५, आइतबार  

0
Shares

20180916_121010

गाैरीगंज ३१, भदौ / राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजकाे प्राम्भिक साधारण सभा अाज सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख अातिथ्यतामा भएकाे गाैरीगंज गाउँपालिकाकाे सभाहलमा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिलाहरूकाे सहभागिता विना विकाश निर्माण कार्य अधुराे रहने हुदा गाउँपालिका हरेक विकास निर्माण कार्यमा सहभागिता जनाउन अावश्यक रहेकाे बताउनुभयाे ।
अध्यक्ष श्रेष्ठले गत वर्षको विकास निर्माण सम्वन्धि उपभोक्ता समितिहरूमा महिलाहरूकाे सहभागिता समितिकाे काेरम पुर्याउन मात्र महिलाहरूलाई राखिएकाे सन्दर्भ उल्लेख गर्दै त्यसमा महिलाहरूहरूलाई थप उर्जा दिलाउन अब भन्ने समितिले दिनेछ बताउनुभयाे । यस क्षेत्रका महिला दिदीबहिनीहरू विकास कार्यमा मात्र नभई हिंसा पिडीत महिला, अार्थिक विपन्न भएका महिलाहरूलाई पनि उद्वार गरि समग्र विकासकाे लागि यस नयाँ समितिले अग्रणी भुमिका खेल्ने छ शुभकामना दिदै अध्यक्ष श्रेष्ठले त्यसका लागि गाउँपालिकाले अावश्यक बजेट छुट्याई दिने प्रतिबद्धता जनाउनुभयाे ।
कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले महिलाहरू अर्थ, गृह र शिक्षा मन्त्रालय सम्हालेकाे भन्दै महिलाहरूकाे महत्त्वबारे प्रस्टाउनु भयाे । उपाध्यक्ष थापाले महिला दिदीबहिनीहरूकाे हरेक तह र तप्कामा उतिकै महत्व रहेकाे हुदा उनीहरूले अाफुलाई सक्षम र सवल बन्न अाफुबाटै शुरूवात गर्नु पर्ने बताउदै अब बन्ने समितिलाई शुभकामना दिनुभयाे ।
कार्यक्रममा कार्यक्रमकाे अाैचित्य प्रकाश पार्दै ग्रामिण तथा शहरी विकास संस्थाकी अध्यक्ष वसन्त लक्ष्मी उदासले महिला हत्या,हिंसा, बलात्कार जस्ता जघन्य अपराध गर्ने जाे काेहीलाई पनि कानुनी कठघरामा पुर्याउन यस संस्थाले अग्रणी भुमिका खेल्ने बताउनु भयाे । उहाँले यस गाैरीगंज गाउँपालिकामा रहेका सीमान्तीकृत महिलाहरूलाई राजनीतिक क्षेत्रमा अग्रसर गराउन र राजनीतिक नेतृत्व सम्हाल्न यस संस्थाकाे स्थापना गरिएकाे बताउनुभयाे ।यस गाउँपालिकामा जम्मा २९ जना महिला मध्ये १२ जन महिला निर्वाचित हुन सफल भएकाे बताउदै अध्यक्ष उदासले गाउँपालिकाले यस संस्थालाई अगाडि चलायमान बनाउन सहयाेग गर्न अाग्रह गर्नुभयाे । कार्यक्रममा ग्रामिण तथा शहरी विकास संस्थाका जिल्ला संयाेजक पुण्य संग्रैैाला , ग्रामिण तथा शहरी विकास संस्थाका उपाध्यक्ष सन्ताेष कुमार श्रेष्ठ, महिला सशक्तीकरण गाैरादहकी अध्यक्ष भरीपुर्ण राई, वार्ड नं ६ का अध्यक्ष बद्री नारायण यादव, वार्ड नं २ का अध्यक्ष अग्नु राजवंशी, वार्ड
नं ५ का वडा अध्यक्ष विजय सिंह, राप्रपा पार्टी प्रतिनिधि देवी थापा, नेकपा पार्टी प्रतिनिधि माेनिका राई, न्यायिक समितिका सदस्य हेमा अाचार्य , कार्यपालिका सदस्य लिला गन्गाई, सरिता शेर्पा, प्रहरी सहायक निरीक्षक केशव कुमार काेईराला, सामाजिक परिचालक पुष्पलता राजवंशी, पत्रकार अात्माराम राजवंशीलगायतकाे उपस्थिति थियाे । राष्ट्रिय महिला सशक्तीकरण संस्थाकी अध्यक्ष फुलबती राजवंशीकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे स्वागत गिता शर्माले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन भावना राजवंशीले गर्नुभएकाे थियाे ।

समिति गठन

राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजकाे प्राम्भिक साधारण सभाबाट फुलबती राजवंशीकाे अध्यक्षतामा ९ सदस्यीय समिती सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी संस्थाकाे उपाध्यक्षमा सर्मिला राजवंशी, सचिवमा पुष्पलता राजवंशी, काेषाध्यक्षमा मिना पासवान, त्यसैगरी सदस्यमा गिता शर्मा, तिला मुर्मू, भावना राजवंशी, नैना भुजेल र रेखा गिरी चयन हुनुभएकाे छ ।
त्यसैगरी वसन्त लक्ष्मी उदासकाे संयाेजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति चयन हुनुभएको छ । समितिकाे सदस्यमा दिपिन्द्र थापा,लिला गन्गाई , नुना चम्लागाई, देवीमाया खतिवडा, हेमा अाचार्य, सरिता शेर्पा रहेका छन् ।

20180916_121212

20180916_121134

20180916_144236

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार  ८ : ५० बजे